म्याग्दीकाे हिमपहिरोमा आठको मृत्यु, एक बेपत्ता, शव संकलन गर्न कठिनाई

म्याग्दीकाे हिमपहिरोमा आठको मृत्यु, एक बेपत्ता, शव संकलन गर्न कठिनाई

him pahiro

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा पर्दा ८ जनाको मृत्यु भएको छ। एक बेपत्ता छन् ।

सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियाली र ४ जना नेपाली टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानीयको र आठै जनाको मृत्यु भएको आरोहणदलमा रहेका एक नेपाली सदस्यका दाई प्रेमप्रसाद छन्यालले जानकारी दिए।

उनले भने ‘ घटनामा आठ जनाको शव देखिएको छ, उद्दारका लागि हेलिकोप्टर गएकोमा अहिले फर्किएको छ, फेरि अर्को हेलिकोप्टर उद्दारका लागि आउन लागेको छ, ९ जनामध्ये ८ जनाको शव भेटिएको भने एकको खोजी जारी छ।’ शुक्रबार राति हिमपहिरो गएको जनाकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको थियो।

काठमाडौंको प्रोजक्ट ओए नामक एजेन्सी मार्फत टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो। पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds