सुन्दरकुमार थकाली, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कालोपत्रे रिङरोड सडक बन्ने पक्का भएको छ ।सर्वे तथा डिपिआर तयार गर्ने उद्देश्यसहित प्राविधिक टोली उपल्लो मुस्ताङ पुगेका छन् ।
गण्डकी प्रदेशको चालु आर्थिक वर्षको बिनियोजित बजेट २ करोड १० लाख लागतमा रिङरोड निर्माण गर्ने तैयारी भईरहेको प्रदेशसभा सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।सभासद बिष्टका अनुसार एक निर्वाचनक्षेत्र एक मोटर बाटो बिस्तार गर्ने प्रदेश सरकारको लक्ष्यसहित बजेट बिनियोजन भएको बताए ।लोमान्थाङ बजारबाट ठिङ्गर,किम्लिङ,चुम्जुङ,याम्डो हुदै छोसेरको नेचुङ सम्मका गाउ जोडिने सभासद बिष्टले जनाए ।उनका अनुसार पूर्वतीरका लोमान्थाङ,छोसेर र नेचुङ भन्सार जोडिने छ भने पश्चिमतर्फ ठिङ्गर,किम्लिङ र याम्डो गाउ रिङरोड भित्र पर्ने बताए ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कालोपत्रे रिङरोड सडकको सर्वे गर्दै प्राविधिक टोली
सीनर्जी प्रालि कल्सेटेन्सी काठमान्डौले सर्वे डिजाईन तथा डिपिआर निर्माणको जिम्मा लिएको हो ।यसका प्रतिनिधि बिजय चौहानले लोमान्थाङ रिङरोड सडकको सर्वे तथा डिपिआरको ठेक्का लिएका हुन् । सडक ईन्जिनीयर सन्दिप चौधरीसहित उनका दुई सहयोगी सुरज भुर्तेल र सिताराम घिमिरेको टोलीले बिहिबार देखि सर्वेको काम सुरु गरेका छन् ।कालिगण्डकी करिडोरको कोरला सडक संग जोडिने रिङरोडको चौडाई ८ मिटरको हुने ईन्जिनीयर सन्दिप चौधरीले जानकारी दिए ।जसमा साढे ५ मिटर कालोपत्रे बाटो र २.५ दुईतर्फी कल्भट रहने बताए ।उनले साढे १० किलोमिटर लामो सडकको सर्वे डिजाईन तथा डिपिआरको काम दशै–तिहारबीचमा सकिने जनाए ।
यसअघि लोमान्थाङ गाउपालिकाको योजना अनुसार प्रदेशसभा सदस्य बिष्टको पहलमा रिङरोड अवधारणाका लागि बजेट बिनियोजन भएको हो ।बिशेषगरी गुरुङ,बिष्ट र लोहा समूदायको बसोबास रहेको लोमान्थाङ गाउपालिकामा उत्तरी सीमावर्तीक्षेत्र कोरलानाका जोडिन्छ ।यहाका ५ वटै वडाहरुलाई सडक संञ्जालले जोड्नेगरी प्रदेशले बजेट बिनियोजन गरेको खुलाए ।रिङरोड बिस्तार भएपछि यहाका स्थानीयको दैनिकीमा समेत परिवर्तन आउने र शिङ्गो गाउपालिकानै कृषि र पर्यटन हबको रुपमा बिकास हुने सभासद बिष्टको दावी गरे ।
ऐतिहासिक माटोको सहर मुस्ताङमा सडक संञ्जाल जोड्न कोरला सडक बिस्तारकार्य भैईरहेको छ ।अब बन्ने रिङरोड सडकमा करिडोरले निर्माण गर्दे गरेको वडा १,२ र ५ सडक राष्ट्रिय शाखा रोड अन्तर्गत पर्दछ ।प्रदेशको बजेटले वडा नम्बर ३ र ४ जोड्न सकेमा स्वतः रिङरोडको अवधारणा पूरा हुने सभासद बिष्टले बताए ।उनका अनुसार चालवर्ष मुस्ताङको प्रदेश क अन्तर्गत उपल्लो मुस्ताङमा गण्डकी प्रदेशले ४ करोड ५० लाख बिनियोजन गरेको जानकारी दिए ।जसअन्तर्गत ढाक्मर,लोघेकर,मराङ हुदै चराङ जोड्ने १ करोड ५० लाख लागतमा ग्रामिण सडक ,नामासुङ देखि सम्जुङ सडक बिस्तारका लागि ५० लाख र ध्ये देखि ताङ्ग्या जोेड्ने ग्रामिण सडकका लागि ५० लाख बिनियोजन भईसकेको बताए ।उनले बिनियोजित बजेट मार्फत बन्ने सडकको छिट्टै सर्वे डिजाईन तथा डिपिआर आदी कामको थालनी हुने जनाए ।
त्यस्तै,मुस्ताङको तल्लोक्षेत्र घरपझोङ गाउँपालिकामा पनि ५ वटै वडा जोड्ने थाकपाँच गाउँ जोड्ने रिङरोड तैयारी भईरहेको छ ।यसका लागि प्रदेशको चालुवर्षकै बजेट २ करोड १० लाख बिनियोजन भएको हो । गाउँपालिकाले गत वर्षनै रिङरोडको डिपिआर सर्वे गरिसकेको ईन्जिनीयर सफलदेव शर्माले बताए ।उनका अनुसार रिङरोड अवधारणा पूरा भएपछि जोमसोम,ठिनी,सम्ले,स्याङ,मार्फा र छैरो चिमाङका स्थानीयलाई आवत जावत तथा उत्पादित बस्तुको ढुवानीका लागि सहज उल्लेख गरे ।
सम्बन्धित खबर
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
पत्रकार महासंघ मुस्ताङमा सुनदेवी निर्विरोध
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो