पोखरा, असोज २६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवदेखि हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो । अवदेखि महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ ।
अनाधिकृत रुपमा महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो । मुद्धाको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नअसुल्न आदेश जारी गरेपछि महानगरले नयाँ बाटोबाट कर संकलन गर्न लागेको हो । पहिलेकै एकीकृत सम्पत्ति करका केही बुँदाहरु मिलाएर नयाँ कार्यविधि तयार गरिएको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार अब घर र घरले चर्चेको जग्गाको सम्पत्ति कर र त्यसबाहेकका जमिनमा भूमीकर लगाईनेछ ।
‘मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने उनी बताउँछन् । मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेल बताउँछन् । असोज १७ गते देखि महानगरमा एकीकृत सम्पत्ति कर खारेजीमा परेको हो । यसअघि कर तिरिसकेका करदाताको चाहीँ आगामी बर्ष समायोजन गर्ने महानगरले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो