स्वयंसेवी ट्राफिक, पत्रकार ‘शिव दाइ’ लाई प्रहरीको सम्मान

स्वयंसेवी ट्राफिक, पत्रकार ‘शिव दाइ’ लाई प्रहरीको सम्मान

Shiva dai

पोखरा, २५ असोज ।  केहि वर्ष पहिले आफै अस्वस्थ हुँदा मृत्यु सम्मुख पुगेर पुनर्जीवन पाएका हुन् शिवराज बस्ताकोटीले । अझै पनि उनी व्यवस्थित पोखरा बनाउने अभियानमा उत्तिकै क्रियाशील छन् । पेशाले पत्रकार बस्ताकोटी सबैका प्रिय ‘शिव दाइ’ हुन् । पृथ्वीचोक, सभागृहचोक लगायतका क्षेत्रमा ट्राफिक प्रहरीसँगै स्वयंसेवी ट्राफिकका रुपमा धेरैले शिव दाइलाई देखेको हुनसक्छ । उनै शिव दाइ प्रहरी दिवसका अवसरमा सम्मानित भएका छन् ।

६३ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरीले उनलाई सम्मान ग¥यो । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरे ।

पत्रकार बस्ताकोटीलाई स्वयंसेवकका रुपमा पोखराको ट्राफिक व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कदरपत्रमा उल्लेख छ ‘मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नागरिक जिम्मेवारी प्रति संवेदनशील भई तपाईंले कास्की जिल्लाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि स्वयंसेवकको भूमिका निवाृह गरी अविछिन्न रुपमा सो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएकोले उक्त योगदानको उच्च मूल्यांकन गर्दै व्यवसायिक एवं पारिवारिक जीवनको सफलताको कामना सहित कदरपत्र प्रदान गरिएको छ ।’

प्रहरी दिवसको अवसरमा प्रहरीको गतिविधि, शान्ति अमन चयनमा सघाउ पु¥याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान पनि गरिएको थियो ।

तस्विरः मेरो हेडलाइन

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds