६३ औं प्रहरी दिवस गण्डकी प्रदेशको पोखरामा सम्मानसहित यसरी मनाइयो (फोटो फिचर)

६३ औं प्रहरी दिवस गण्डकी प्रदेशको पोखरामा सम्मानसहित यसरी मनाइयो (फोटो फिचर)

police day

पोखरा, २५ असोज । ६३ औं प्रहरी दिवस प्रधान कार्यालय काठमाण्डौं सहित सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा पनि विविध कार्यक्रमका साथ दिवस मनाइएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रदाञ्जली तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । ‘अपेक्षा फलको छैन सधै कर्तव्य चिन्तन, आहुति प्राणको दिने तिमीमा अभिनन्दन’ भन्ने मुल भावनाले कर्तव्य पालनाका शिलसिलामा प्राणको आहुति दिने अमर प्रहरीहरुका त्याग र वलिदानलाई सम्मान गर्दै अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिएको छ ।

मुख्यमन्त्री गुरुङले समयको परिवर्तन संगै आम नागरिकले नेपाल प्रहरी आफ्नो सबैभन्दा नजिकको साथी हो भन्ने महुशुस गरिसकेको बताउदै यसलाई जिवन्तता दिन प्रहरीले थप जनलक्षित गतिविधी गर्न आवश्यक रहेको बताए ।

उनले विज्ञान र प्रविथिको विकास संगै समाजमा नयाँ खालका अपराधहरु घट्ने गरेको बताउदै त्यसलाई निस्तेज पार्न नेपाल प्रहरी संगठनलाई वैज्ञानिक स्रोत साधन र दक्षताले सम्पन्न गराउनुको विकल्प नरहेको बताए ।

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले नेपाल प्रहरी संगठन भित्र सक्षमता र दक्षताको कुनै कमि नभएको बताउँदै यसलाई थप आधुनिकिकरण र स्रोत साधनले सम्पन्न गराउन आवास्यक रहेको बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सेवा प्रवाहका शिलसिलामा आफ्नो प्राणको आहुति दिने सम्पुर्ण अमर प्रहरीप्रति श्रद्धा सुमन अर्पण गर्दै संघियताको कार्यान्वयन संगै राष्ट्रको संस्थागत र प्रशासनिक विकासका क्रममा समाजमा आईपर्ने जस्ता सुकै चुनौतीहरुलाई पनि सामना गर्न नेपाल प्रहरी हरदम तयार रहेको बताए ।

सो अवसरमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरीको मुलभुत कार्यमा उल्लेखनीय योगदान पुर्यावउने तथा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ब्यक्ति र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।

विभिन्न विधाका सम्मानित उत्कृष्ट प्रहरी कर्मचारीहरूः

उत्कृष्ट साहसिक कार्य तर्फः सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान ओम बहादुर सोमै,
उत्कृष्ट अपराध अनुसन्धान तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी साहायक निरीक्षक सन्तोष सुवेदी,


उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ): जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर

उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फः वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य

उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ऐन बहादुर मल्ल

उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फः वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक नविन कार्की


उत्कृष्ट प्रहरी कार्य तर्फः ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी
उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक ओम बहादुर राना

प्रहरी दिवसको अवसरमा प्रहरीको गतिविधि, शान्ति अमन चयनमा सघाउ पु¥याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान पनि गरिएको थियो । पत्रकार शिव बस्ताकोटीलाई स्वयंसेवकका रुपमा पोखराको ट्राफिक व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरियो ।

सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले सञ्चालन गरेको कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघ, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तस्विरः जक्सन डटकम, मेरो हेडलाइन, प्रदेश प्रहरीबाट सौजन्य

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ