धादिङ मुलुककै प्रमुख जिल्ला । राजधानी भित्रने मुख्य नाका रहेको जिल्ला । बत्ती मुनिको अध्याँरो भनेझैं राजधानीको छिमेकी भएर पनि विकास भएको छैन । सदरमुकामबाट गाउँ गाउँ जाने बाटोको हालत दयनीय छ । वर्षेनी ज्यान नै जाने गरी दुर्घटना हुने गरेको छ ।
धादिङका सांसद संघीय मन्त्री देखि प्रदेश सरकार मन्त्रीसम्म भए । तर, विकासको नाममा केहि गर्दैनन् । सधैं मन्त्री भइरहने सांसदहरुले सडकको अवस्था कस्तो छ ? देखेर पनि लाज पचाएर हिँड्छन् । ५/५ वर्षमा भोट माग्न हिँड्नुबाहेक अरु काम छैन । वर्षमा एक पटक दशैंमा घर जान पनि आत्तिनुपर्ने अवस्था छ ।

धादिङबेसी –सल्यानटार सडकखण्ड अन्र्तगत नीलकण्ठ नगरपालिका १० भदौरेमा बुधबार बस दुर्घटना हुदाँ ५ जना घाईते भए । सदरमुकाम धादिङबेसीबाट आरुघाटतर्फ जाँदै गरेको ना ४ ख ५६३९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका बसका सहचालक सिद्धलेक गाउँपालिका २ बस्ने २२ बर्षीय शिव कसाई गम्भिर घाईते भएका छन् । उनको तिग्रामा गम्भीर चोट लागेको छ ।
दुर्घटनामा भारतको गोरखपुर बस्ने ३० वर्षीय सतिस शर्मा, सिन्धुलीको दुधौली नगरपालिका बस्ने १८ वर्षीय अनिल अधिकारी, बारा बेलडाडी बस्ने ६५ वर्षीय रामदोनि महतो र सोहि स्थानका ३८ वर्षीय नन्दकिशोर महतो घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि धादिङबेसी ल्याइदै गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की