पोखरा । अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ल्याब मेसिनबाट सेवा दिइरहेको पोखरा सभागृहचोक स्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)सँग विभिन्न संस्थाहरु जोडिने क्रम बढ्दो छ ।
सेवामा सहुलियत दिने सम्बन्धी सम्झौता हालसम्म २२ संघसंस्थाले यूआरएलसँग गरिसकेको छ । कुमारी बैंक लिमिटेड र यूआरएलबीच सेवामा सहुलियत दिनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् ।
बैंकका सेवाग्राही, कर्मचारी, सेयरधनी र सञ्चालकले युआरएल हुने सबै प्रकारका रक्त परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् । यो सम्झौता २ वर्षसम्म मान्य हुने बताइएको छ । बैंकका पोखरा शाखा प्रबन्धक राणाले सेवाग्राहीलाई सुविधा दिन यस प्रकारको सम्झौता भएको बताए । देशभर कुमारीका ९० शाखा र करिब ३ लाख सेवाग्राही छन् ।
युआरएललका प्रबन्ध निर्देशक पन्तले विभिन्न संघ, संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए । यूआरएल पछिल्लो क्रममा गुणस्तरीय सेवाकै कारण भाइब्रेन्ट रोस युजर अवार्ड २०७५ बाट समेत सम्मानित भइसकेको छ ।
सम्बन्धित समाचार:
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो