पोखरामा अब खानेपानी सहज हुने आशा, मर्दी खानेपानी आयोजना सुरु गर्ने सरकारको निर्णय

पोखरामा अब खानेपानी सहज हुने आशा, मर्दी खानेपानी आयोजना सुरु गर्ने सरकारको निर्णय

Damaged Water Suppply in Pokhara

पोखरा । नेपाल खानेपानी संस्थानले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने तयारी गरेको छ । जाइकाको चार अर्ब ८० करोडको लागतमा आयोजना तयार गर्न लागिएको हो ।

खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज बसेको समीक्षा बैठकमा संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्न सो आयोजनाको निर्माण शुरु गर्ने जानकारी दिएको छ ।

आयोजना निर्माण भएपछि पोखरा र आसपासका क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलोपटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ ।

लामो समयदेखि पोखरेलीले लेदो पानी पिउन बाध्य छन् । आयोजना पूरा भएपछि शुद्ध पानी पिउन पाउने अपेक्षा पोखरेलीको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ