पोखरा । चुनावी तालमेल गर्दै अन्ततः पार्टी एकीकरण गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सकिएको लामो समय भैसक्दा समेत तल्ला तहमा कमिटी तयार भएका छैनन् ।
नेकपाको तल्लो तहका कमिटि सञ्चालनका लागि नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।जिल्ला र प्रदेशको सिफारिस समितिले एउटा खाका भने पठाईसकेको छ । त्यसको निर्णय नहुँदासम्म संयन्त्रले नै काम चलाउनेछ ।
नेकपाको कास्की जिल्लामा एमाले र माओवादीबाट बराबर सदस्य पर्ने गरि संयन्त्र तयार गरिएको छ । जिल्ला संयन्त्रमा तत्कालीन एमालेबाट मानबहादुर जिसी, कृष्ण थापा, दामोदार बैरागी, प्रभा कोइरला र मनबहादुर गुरुङ तथा माओवादीबाट राजकाजी गुरुङ, दीपक कोइराला, रामजी बराल, बखानसिहं गुरुङ र गायत्री गुरुङ सदस्य छन् ।
पोखरा महानगरको संयन्त्रमा तत्कालिन एमालेबाट कृष्ण थापा, प्रभा कोईराला, तेजनारायण अधिकारी, शंकरनाथ पौडेल, दिलिप न्यौपाने तथा साविकको माओवादीबाट विश्वप्रकाश लामिछाने, भीमबहादुर विक, गोमा ढकाल, विनय थापा र जनकराज पराजुली छन् ।
रुपा गाउँपालिकामा सबावक्स मियाँ, शिब खनाल, नवराज ओझा, निर्मला सुबेदी, पुष्पराज सुबेदी र अमरदिप पराजुली छन् भने मादी गाउँपालिकामा पदमप्रसाद पौडेल, मित्रबहादुर गुरुङ, बुद्धिसागर सापकोटा, लालबहादुर गुरुङ, बालकृष्ण गुरुङ र कृष्णराज दाहाल संयन्त्रमा छन् ।
अन्नपूर्ण गाउँपालिका संयन्त्रमा लक्ष्मीप्रसाद अधिकारी, धर्मबहादुर गुरुङ, गौरीप्रसाद सुबेदी, गोविन्द अधिकारी, बिष्णुबहादुर केसी र भेषराज पौडेल छन् भने माछापुच्छ«े गाउँपालिकामा जगन्नाथ बास्तोला, प्रबिना अधिकारी, बिष्णुबहादुर केसी, टेकनाथ गौतम, कर्णबहादुर गुरुङ र बैकुण्ठ भण्डारी संयन्त्रभित्र छन् ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो