पोखरा, २२ असोज । चर्चित युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट पोखरामा हुने भएको छ । लायन्स क्लव अफ पोखरा स्वर्णिम सिटिको निम्तोमा यही असोज २६ गते उनी पोखरा आउँदैछन् ।
शुक्रबार अपरान्ह चार बजे पोखरा सभागृहमा हुने कन्सर्टको अन्तिम तयारीमा जुटेको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । युवामाझ चर्चित कवि पराजुलीलाई टिकट काटेर सुन्नुपर्नेछ । जसको लागि आयोजकले तीन सय, पाँच सय र एक हजार दरका टिकटको व्यवस्था गरेको छ ।
आयोजक संस्थाका अध्यक्ष लायन गोविन्द देवकोटाले कन्सर्टका बारेमा जानकारी दिनुका साथै संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए । शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि कविता कन्सर्ट आयोजना गरिएको उनले बताए । करीब दुई लाख ५० हजार खर्च हुने कन्सर्टबाट ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ । सो रकम नै अपांगता भएका व्यक्तिहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

उक्त पत्रकार सम्मेलनमा जोन चेयर पर्सन बिन्दु श्रेष्ठले शुभकामना मन्तव्य राखेकी थिइन् । संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा कविता कन्सर्टका संयोजक लायन मोहन प्रसाद अधिकारीले स्वागत तथा लायन भाइराज राना मगरले सञ्चालन गरेका थिए ।
युवा कवि पराजुलीको पहिलो कविता संग्रह ‘सगरमाथाको गहिराई’ले यस वर्षको पद्मश्री पुरस्कार समेत प्राप्त ग¥यो । कविता वाचनमार्फत लाखौं समर्थक बटुलेका कवि पराजुलीको ‘सगरमाथाको गहिराई’मा सानाठूला ३६ कविता समावेश छन् । डेढ घण्टासम्म अधिकांश कवितालाई पोखरामा सुन्न पाईनेछ ।

सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो