पोखरा, २२ असोज । यौन दुव्यर्वहारका घटना दिनप्रतिदिन सार्वजनिक हुने क्रम बढ्दो छ । पोखरामै बलात्कारका एक पछि अर्को घटना सार्वजनिक भईरहँदा आइतबार दुई किशोर पक्राउ परेका छन् । उनीहरु तीन बालिकालाई लेकसाइड स्थित एक घरको कोठामा पैसाको लोभमा राखेको भेटिए ।
एक हजारको लोभ देखाएर आफूसंग रात बिताउन लगेका भारतीय दुई किशोर प्रहरी फन्दामा परेका हुन् । पोखराको लेकसाईडबाट भारतको विहार राज्यको दतिया जिल्ला घर भई हाल पोखरामा बस्दै आएका १७ वर्षीय सदरे आलम र उनका साथी समिन आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
आइतबार साँझ ५ बजेदेखि हराएका ३ बालिकालाई ललाई फकाई आफूसंगै राखेको खुलेको छ । उनीहरु ३ जना नै कालिका माध्यमिक विद्यालयमा पढ्ने छात्राहरु हुन् । पोखरा वडा नं १५ का उनीहरु १०, ११ र १२ वर्षका छन् । विद्यालयबाट फर्केपछि सम्पर्कविहिन भएको र खोज्ने क्रममा पोखराको लेकसाईडस्थित सदरे आलमसंगै उनीहरु फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक दिपक केसीले जानकारी दिए । उनीहरु लेकसाईडमा बन्दै गएको एउटा घरको कोठामा बसेका थिए । कडा न्युज डटकमका लागि जीवन सुवेदीको न्युज छ ।
घटना विवरण अनुसार आइतबार विहान साढे ६ बजेबाट सजिना तामाङ सहितका ५ जना छात्राहरु नृत्य सिक्न भनि घरबाट निस्केका थिए । ११ बजेसम्म स्कूलमा नृत्य सिकेको र त्यसपछि स्कूलबाट उनीहरु घर नगई सिधै पैदल नै हिँडेर लेकलाईड पुगेका थिए । लेकसाईडमा सजिनाको चिनजान भएका व्यक्ति सदरे आलमको कोठमा पुगेपछि फेरि भाटभटेनी पुगेका थिए । दिनभर घुमेर साँझ ५ बजेतिर सजिनाको घर पुगेका उनीहरुलाई सजिनाको आमाले गाली गरेपछि सजिना घरमै बसिन भने अर्की एक साथी पनि घरतिर लागिन् । बाँकी ३ जना बालिकाहरुलाई लिएर सदरे आलम भने लेकसाईडतिर लागेका थिए । आलमले बालिकाहरुलाई आफूसंगै बसेमा पैसा दिने भन्दै फकाएका थिए । त्यसपछि आफ्नो साथीलाई समेत बोलाई बालिकाहरुमाथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार ती बालिकाहरुमाथि यौन दुव्र्यवहार भएको दखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गुरुङले जानकारी दिए । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ । (गोपनियताको कारण बालिकाहरुको नाम खुलाईएको छैन ।)
१ हजार दिन्छु भनि ३ बालिका फकाएर यौन दुव्र्यवहार गरेको आरोपमा दुई व्यक्ति पक्राउ
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी