नेगम परियार । मनाङ, हिमाल पारीको जिल्ला । समुन्द्र सतह देखि न्एुनतम १८८० मिटर धारापानी ताल देखि अधिकतम ८१६३ मिटर उचाईमा रहेको मनाङ जिल्ला बिश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल भएको जिल्लाको रुपमा पनि चिनिने गर्दछ ।
मनाङ जिल्लाको सदरमुकाम चामे हो । सदरमुकाम सम्मको उचाई समुन्द्र सतह देखि २८३१ मिटर रहेको छ । तपाईं मनाङ घुम्न जाने सोचिरहनु भएको भए तपाईको लागि आज यो जानकारीमुलक हुन सक्नेछ ।

सबै भन्दा पहिला पृथ्बी राजमार्ग अन्र्तगतको तनहुँ जिल्लाको डुम्रे आउनुस अनि डुम्रेबाट लम्जुङ्गको बेशिसहर जाने गाडी चढनुस आफनै साधन भए बेशिसहर आउनुस । बेशिसहरको मनाङ्गे चौताराबाट मनाङ्ग जाने सवारी साधनहरु प्रशस्त पाउनुहुनेछ । अनि मनाङ्ग जाने सडक हुदै आउनुस बिस्तारै कच्ची सडकको यात्रा हुनेछ मनाङ्ग सम्मको यस जिल्लामा ठुला सवारी साधन आउन सक्ने सडक नभएकोले बोलेरो जिपको यात्रा हुनेछ । अन्य सवारी साधनको हकमा चार पाङग्रे साना सवारी साधनहरु फोरह्विल भएका साधनहरु मनाङको सडकमा सहज हुन सक्ने छ ।

लम्जुङ्गको बेशिसहर मनाङ्गे चौताराबाट कच्ची सडकको यात्रा सुरु हुन्छ । मस्र्याङदी नदीको छेउ छेउ हुदै मनाङको यात्रा हुन्छ । बेशिसहर बाट हिडे पछि अगाडीका लम्जुङ्ग जिल्लाका रमणीय ठाउँहरुको अवलोकन गर्दै यात्रा हुन्छ । बाटामा पर्ने लम्जुङ्ग जिल्लाका केहि रमणीय स्थानहरु खुदी ,भुलभुले ,ङादी,बाउन डाँडाँ,स्एाङ्गे,जगत,च्एाम्चे गाउँहुदै लम्जुङ्ग र मनाङ्गको सिमाना रहेको मार्दी खोला पुगिन्छ ।

लम्जुङ्ग जिल्लाको सिमानामा रहेको च्एाम्चे गाउँ १३८५ मिटर उचार्एमा रहेको एो गाउँ जिल्लाको सिमानामा रहेको गाउँलाई पछाडी छोडदै सुरुहुन्छ मनाङ्ग जिल्ला । मनाङ्ग जिल्लामा सबैको स्वागतको रुपमा रहेको अति रमणिय गाउँ हो ताल गाउँ । मनाङ्ग जिल्ला छिरिसके पछिको पहिलो गाउँ ताल गाउँको उचार्ए समुन्द्र सतहदेखि १६०० मिटर रहेको छ ।
मनाङ्ग जिल्लाको पहिलो गाउँ ताल गाउँलार्ए पनि पछी पार्दै अर्को गाउँ आउछ धारापानी । धारापानीमा प्रहरीको चेकजाच पस्चात फेरी पनि अगाडी बढनु पर्छ । धारापानीबाट चेकजाच गरि लार्के पास हुदै मनाङ्ग जिल्लाको ङावल गाउँमा निस्कने पैदल मार्ग समेत रहेको छ । धारापानी बाट थोचे ,तिल्चे हुदै भिमताङ्ग बाट मनास्लु पैदल यात्रा तर्फ जान सकिन्छ ।

धारापानी गाउँलाई पनि उछिन्दै अगाडी बढने क्रममा बिभिन्न गाउँहरु बगरछाप, दानाक्एु , तिमाङ्ग,थानचोक,कोतो पुगिन्छ । कोतोमा रहेको प्रहरी चोक जाच पस्चात कोतो बाट नार फू गाउँ हुदै काङ्गला पास हुदै गरि अपर मनाङ्ग निस्कने पैदल मार्ग रहेको छ । कोतो को प्रहरी चेक जाच पछि केहि समयमै पुगिन्छ । मनाङ्ग जिल्लाको सदरमुकाम चामे ।

सदरमुकाम चामेको उचाई समुन्द्र सतह देखि २८३१ मिटरमा रहेको छ । एक रात चामेको बसाई पस्चात भोली बिहानको यात्रा हुन्छ अपर मनाङ्ग तिरको । चामे बाट अगाडी बढे पछि तलेखु , भ्राताङ्ग,स्वार्गद्धवारी ढुकुर पोखरी , पिसाङ्ग पुगिनछ । पिसाङ्गबाट पैदल यात्रा गर्नेहरुको लागी अपर पिसाङ्ग , घ्यारु, ङावल हुदै भ्राका निस्कन पनि सकिन्छ ।
हाल सो पैदल मार्गमा सडक मार्गको पनि काम भैरहेको छ ।

पिसाङ्ग बाट हुम्डे , भ्राका हुदै पुगिन्छ अपर मनाङ्ग यहि गाउँको नामबाटै मनाङ्ग जिल्लाको नामाकरण समेत गरिएको हो । मनाङ्ग भन्दा माथी तिलिचो ताल जाने मार्ग तर्फ खाङ्गसार सम्म मात्र सडक मार्ग रहेको छ भने यता थोरङगला पास गर्न जाने मार्ग तिर भने अपर मनाङ सम्म मात्र हो सडक मार्ग भएको बाकीँको यात्राको लागी भने पैदल यात्रा भन्दा अर्को यात्रा तथा साधनको यात्रा सम्भब छैन ।

करिब ३ घण्टाको जिपको यात्रा पस्चात मनाङबाट थोरङगला तिरको पैदल यात्रा गर्नु पर्ने हुन्छ । मनाङको थोरङगला पास गरि मुस्ताङ्ग जिल्लाको प्रशिद्ध मुक्तिनाथ मन्दिर भई मुस्ताङ्ग जिल्लाको भ्रमण पस्चात पोखरा पुगिन्छ । यो त रह्यो मनाङ्ग जिल्ला घुम्न आउनको लागी पैदल तथा सडक मार्ग बाट मनाङ्ग जिल्ला घुम्न आउदा थाहा पाउनु पर्ने सडक तथा पैदलमार्ग र बाटामा पर्ने बिभिन्न रमणिय गाउँहरु ।

रमणिय स्थानहरु

मनाङ घुम्न आए पछि जिल्ला भित्र रहेका अति महत्वपुर्ण स्थानहरु के के छन त अब भने यस जिल्लाको पर्यटकीय क्षेत्र मा अत्याधिक आन्तरिक तथा बाहिए पर्यटकले हेर्ने र घुम्न जाने भनेकै तिलिचो ताल हो । तिलिचो ताल मनाङ जिल्लाको प्रतिकको रुपमा लिन सकिन्छ । जिल्लाको नाम नसुने पनि यस जिल्लामा रहेको तिलिचो ताल बिश्वमा प्रख्यात छ ।

तिलिचो ताल बिश्वकै सर्बाधिक उचाई ४९१९ मिटर मा अवस्थित यस तिलिचो ताल पर्यटकीय आकर्षणको केन्द्र बिन्दु बन्न सफल भएको छ । तिलिचो ताल मात्र नभई अन्य तालहरु गंगापूण ताल , द्रोण ताल र आईस लेक (हिम ताल ) पनि अति सुन्दर तथा रमणिय स्थानहरु हुन । अन्यमा प्रसिद्ध स्थानहरुमा हिमालहरु लमजुङ हिमाल, पिसाङ हिमाल,काङ्गला हिमाल ,अन्नपूर्ण द्धितिय हिमाल , अन्नपूर्ण तृतिय हिमाल, गंगापूर्ण हिमाल, जुलु हिमाल (चुलु हिमाल),थोराङ्ग ला हिमाल , लगायत पिसाङ्ग पिक, हिमाली श्रृङ्गखलाहरु दोस्रो पर्यटकहरुको रोजाईमा परेको छ ।

चिसो पानी छङ छङ बग्ने मस्याङदी नदी खोला नाला तथा रमणिय छागा छहरा , झरनाहरु , पहाड पर्बत तथा चट्टानहरुको मात्र पहाड , घरेलु हस्तकलाका सामाग्रीहरु , अर्गानिक उत्पादन , घरपालुवा जनावरहरु जस्तै एाक चौरी भेडा बाख्रा च्याङग्रा बुच्चा साथै बन्य जन्तु मा घोरल पाटे बाघ हिउ चितुवा भालु जस्ता जिबजनावरहरु ,जडिबुटी यार्सागुम्बा पाच औले टिम्मुर जिम्बु जटामसी कुटुकी गछेच्याउ कुरीलो जस्ता अन्य बनस्पती ।

फलफुलहरुमा स्याउ यहाँको अति प्रमुख फलफुल हो । स्याउ खेती आलु खेती फापर खेती कोलो खेती करु खेतीले पनि समय अनुसार रमणिय बनाउने गर्छ । अति चिसो हिमाली जिल्लाहरुमा भएका प्रकृतिले निशुल्क रुपमा दिएको जिल्ला भित्र बिभिन्न स्थानहरुमा रहेको तातो पानीका कुण्डहरु चामे तातो पानी कुण्ड एक हो ।

साथै यहाँको लोकल परिकार,धर्म सस्कृति भेषभुषा रहन सहन जिबन यापन जस्ता कुराहरुले नै मनाङमा पर्यटकहरुलाई आकर्षित बनाएको हो । मनाङ जिल्ला अति प्रशिद्ध एक पर्यटकीय क्षेत्र हो । यस जिल्लामा पर्ने यो यात्रा गर्ने मार्गलार्ए अन्नपूर्ण पैदल मार्गको रुपमा बिश्वमा चिनिएको छ ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो