चितवनका विकल्प ‘मिस्टर नेपाल वल्र्ड’ बन्दा तनहुँका सागर बने ‘एक्सपोजन नेपाल टुरिजम एम्बेसडर’

चितवनका विकल्प ‘मिस्टर नेपाल वल्र्ड’ बन्दा तनहुँका सागर बने ‘एक्सपोजन नेपाल टुरिजम एम्बेसडर’

sp4

तनहुँ । चितवन रामघाटका २५ वर्षीय विकल्पराज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्यनरत श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् । त्यस्तै तनहुँका सागर परियार ‘एक्सपोजन नेपाल टुरिजम एम्बेसडर’ घोषित भएका छन् ।

सागर ‘मिस्टर ट्यालेन्ट’  समेत बन्न सफल भएका हुन् ।  ‘बलात्कारीका लागि उपयुक्त सजाय के हुन सक्छ ?’ निर्णायक मध्येका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् । सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद रु ५० हजारका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । श्रेष्ठले यसैबर्ष आयोजना हुने ‘मिष्टर वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफदइयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेनइन्टनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिँदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए ।

महर्जन, केसी, न्यौपाने र चौधरीले नगद २० हजारसहित विभिन्न पुरस्कार थाप्दा परियार, बराल र श्रेष्ठले नगद १५ हजारसहित विभिन्न उपहार प्राप्त पारे । कलाकार सुनिल थापा, पूर्व डिआइजी विज्ञानराज शर्मा, गीतकार डा.कृष्णहरि बराल, बैंकर रविना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बालगायत निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्टमोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए ।

सबैले नगद रु १० हजार सहित अन्य विभिन्न उपहार समेत हात परे । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर गर्दै उज्वल भविश्य निर्माणमा अग्रसर गराउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले बताइन् । अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का, अनिल केडिया (बिजनेश म्यान), डिबी गुरुङ (महाप्रबन्धक राष्ट्रिय आवास कम्पनी) लगायतका अतिथिहरुको उपस्थिति रहेको प्रतियोगितामा विभिन्न सांगीतिक तामझामका साथ आयोजना गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ