पोखरा १९ मा विकास निर्माणको अनुगमन

पोखरा १९ मा विकास निर्माणको अनुगमन

19 pic

पोखरा १९ असोज । पोखरा महानगरपालिका वडा नम्वर १९ ले वडाभित्र भैरहेका विकास निर्माण आयोजनाको अनुगमन गरेको छ।

गत आर्थिक वर्षमा निर्माण शुरु भएर सम्पन्न भएका र हाल निर्माणाधिन ८ वटा योजनाको अनुगमन गरी कार्य प्रगतिका विषयमा जानकारी लिएको अनुगमन समितिका सदस्य डिल्लीराम पौडेलले जानकारी दिए ।

वडाध्यक्ष शोभामोहन पौडेलको नेतृत्वमा गएको टोलिले वडा नम्वर १९को घार्मीमा भएका विकास निर्माणको अनुगमन गरेको हो।टोलीले यस आर्थिक वर्षमा निर्माण सम्पन्न भएका घटटाको टूडो राम्चे गा्रमिण सडक,गायत्री लिफ्टिङ खानेपानी योजना,ओमकारेश्वर मन्दिरको पर्खाल निर्माण,राम्चे मैदान सडक,जनजागरण आमा समुहको भवन,वेंशीचोक घार्मी मैदान सडक र निर्माणाधिन अमलाविसौनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामिण सडक, लामाचौर घार्मी वृहत खानेपानी योजनाको अनुगमन गरेको हो।

त्यस अवसरमा उपभोक्ता समितिका पदाधिकारीले निर्माण कार्यको अवस्थाका विषयमा जानकारी गराएका थिए। पहिलो चरणमा ८ वटा आयोजनाको अनुगमन गरेपनि वडाका सवै आयोजनाको अनुगमन गरी निर्माण कार्यलाई प्रभावकारी बनाइने वडाध्यक्ष पौडेलले बताए ।

टोलीमा वडाध्यक्ष पौडेल सहित वडा सदस्य कृण्ण गौतम, कोपिला के।सी,तारा परियार,वडा सचिव कृण्ण पौडेल,ईन्जिनियर हरि बस्नेत,महेन्द्र भट्टराई,अनुगमन समितिका महेश्वर पौडेल, माधव पौडेल, सडकका संयोजक कमलमोहन आचार्य,डिल्लीराम पौडेल,धर्मराज आचार्य,माधव प्र।पौडेल,गोपाल पौडेल,जित ब।वि।क,ढुण्डिराज पौडेल,पत्रकार कृण्ण अन्जान ज्ञवाली,नवराज के।सी,सुजन पाण्डे,शिव प्र।पौडेल र होमनाथ आचार्य सहभागी थिए ।

वडाले यस आर्थिक वर्षका लागि छनौट गरेका आयोजनालाई प्रभावकारी बनाउने र समयमै काम संम्पन्न गर्ने योजना अगाडि सारेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ