पर्वत : मंगलबारदेखि बेपत्ता भएका म्याग्दीको धवलागिरी गाउँपालिका ४ खाम्लाका एक युवक मृत अवस्थामा फेला परेका छन्।
मंगलबार साँझदेखि सम्पर्कविहीन भएका २५ वर्षीय मनबहादुर खड्का खाम्लादेखि ताकम जाने बाटोमा पर्ने भिरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाले जानकारी दिए। शव भेटिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थलमा गएर खड्काको शव सदरमुकाम बेनी ल्याएको छ।
खड्काको शवलाई परीक्षणको लागि बेनी अस्पतालमा राखिएको छ। उनको मृत्युको कारण हत्या वा आत्महत्या के हो? भन्ने बारेमा अनुसन्धान थालिएको पनि म्याग्दी प्रहरीले जनाएको छ। मृतक खड्का म्याग्दीका राम्रा भलिबल खेलाडी थिए।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ