महेन्द्र जिसी, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुखले घरैमा पुगेर जेष्ठ नागरिक सम्मान अभियान सञ्चालन गरेका छन् ।
नगरका प्रमुख रामचन्द्र जोशीले आफुले पाउने सबै सरकारी सुविधाले विपतीमा परेका वालवालिका, स्कुल पढ्न नसक्ने दीर्घ रोग लागेका र जेष्ठ नागरीकहरुलाई सहयोग गर्ने अभियान चलाएका हुन् ।
उमेर ८० नाघेका जेष्ठ नागरीकहरु हिँडडुल गर्न नसक्ने र परिवार सबैले सम्मान गर्नुपर्ने भन्दै नगर प्रमुखले यो अभियान सञ्चालन गरेका हुन् । नगरपालिकाका १४ वटै वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने जनाएका छन् ।
कुश्मा नगरपालिकाले नगरभित्रका ९१ जना जेष्ठ नागरिकलाई घरघरै पुगेर सम्मान गर्ने अभियान चलाएपछि नगर प्रमुख सहितका जनप्रतिनिधि पुगेका हुन् । आफ्नो पारिश्रमिकबाट जोशीले स्कुले बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोसाक र नगदसमेत सहयोग गर्दै आएका छन् । नगर पालिकाले वडा नं. एक देखि अभियान सञ्चालन गरेर सबै वडाका जेष्ठ नागरीकहरुलाई घरैमा पुगेर सम्मान गरिने नगर प्रमुख जोशीले बताए ।
बुढ्यौली उमेरका जेष्ठ नागरिक सम्मान लिनकै लागि नगरपालिकासम्म आउन नसक्ने भएका कारण घरैमा पुगेर सम्मान गर्ने अभियान चलाएको जोशीले बताए । यसरी घरमा पुगेर वृद्धवृद्धा सम्मान गर्दा जेष्ठ नागरीकको आत्मसम्मान हुने उनको भनाई छ ।
नगरप्रमुखको हैसियतमा पाउने सबै सरकारी सुवीधा यस्तै कार्यक्रम गरेर कार्यकाल पुरा गर्ने जोशीले बताए । विभिन्न नगर पलिकाका आयोजना अनुगमन र वडा स्तरका कार्यक्रममा पुग्दा जेष्ठ नागरीकहरुको घरैमा पुगेर नगर प्रमुख उप प्रमुखहरुले सम्मान अभियानलाइ निरन्तरता दिईएको उपप्रमुख सिता काफ्ले लामिछानेले बताईन् ।

सम्बन्धित खबर
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
पर्वतका सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु