पोखरा, १८ असोज । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले पत्रकारहरुको मानमर्दन हुने गरी सामाजिक सञ्जाललमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी तदर्थ समितिका महासचिव रञ्जन अधिकारीले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै चेतावनीपूर्ण भाषामा असभ्य ढंगले अपशब्द प्रयोग गरिएकोमा मञ्चको ध्यानाकर्षण भएको जनाएका छन् । जिल्ला खेलकुद विकास समितिको गरिमामय अध्यक्ष पदमा बसेर गैरजिम्मेवार र पदीय मर्यादा विपरितको प्रयोग गर्नै नहुने शब्दमा पत्रकारलाई गाली गरिएकोमा मञ्चले खेद प्रकट गरेको छ ।
नेपाल पत्रकार महासंघ, कास्की बोधार्थ रहेको विज्ञप्तीमा उल्लेख छ – ‘मञ्चको सल्लाहकारको भूमिकामा समेत रहिसकेका जिम्मेवार व्यक्तिले नाम नतोकी सबै पत्रकार मुछिने गरी तुच्छ रुपमा प्रस्तुत हुनु शोभनिय विषय होईन । व्यक्तिगत असन्तुष्टि भए व्यक्तिगत हिसाबमा र समाचारप्रति आपत्ति रहेको खण्डमा प्रेस काउन्सिल समक्ष जाने छुट रहँदा रहँदै सार्वजनिक हिसाबमा आफू आसिन पदको मर्यादा विपरित भएको यस गतिविधिप्रति मञ्च, गण्डकी तदर्थ समितिको दोस्रो बैठकले खेद प्रस्ताव पारित गरेको छ । सार्वजनिक रुपमा माफी माग्न र आइन्दा यस्तो क्रियाकलापमा नउत्रन, अन्यथा कानुनी उपचार खोज्न बाध्य हुने स्पष्ट पार्दछौं ।’

अन्तर्राष्ट्रिय खेलाडी लनटेनिस खेल्न आएको बेला रंगशालामा भएको मेलाको होहल्लाले खेलाडी नै आजित भएको बारे समाचार प्रकाशन भएको थियो ।
सम्बन्धित समाचार:
सर्वसाधारणलाई मर्निङ वाक गर्न टिकट काट्नुपर्ने तर रंगशालामा रमाईलो दशैं मेला आफै आयोजना गर्ने भन्दै उनको आलोचना भएको थियो ।
त्यसपछि समाचार लेखेकोमा मञ्चका अध्यक्ष केशव पाठकलाई फोन गरी अश्लिल गाली गरेका गुरुङले काठमाण्डौबाट पोखरा फर्केपछि भेट्ने भनेका थिए । विहीबार बिहानै एउटै व्यहोराको हुबहु दुई स्टाटस लेखेका गुरुङले पाँच घण्टापछि डिलिट गरेका थिए ।

सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो