‘छोराहरुलाई बलात्कार नगर भनेर सम्झाउनुपर्‍यो’

‘छोराहरुलाई बलात्कार नगर भनेर सम्झाउनुपर्‍यो’

anuradha-koirala-1

प्रसिद्ध समाजसेवी एवम् तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले निर्मला कान्ड जस्ता धरै काण्डहरु रहस्यको गर्भमा रहेको बताएकी छन् ।

ट्रिटन इन्टरनेसनल कलेजले आयोजना गरेको तीन दिने सोसियल वर्क मेलाको बुधबार उद्घाटन गर्दै क्रममा कोइरालाले भनिन्, ‘अहिले एउटा निर्मला कान्ड बाहिर आएको छ । तर यस्ता धेरै निर्मला कान्ड हाम्रो समाज भएका छन्, जो रहस्यको गर्भमा छन् ।’ बलात्कार रोक्‍नका लागि पुरुष मानसिकतामै परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।

कोइरालाले बलात्कारविरुद्धको अभियानमा सिंगो समाज र राष्ट्र नै जाग्‍नुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले छोरीलाई जोगाउने चिन्ता मात्रै गरेर हुँदैन । हाम्रा हामीले घरघरमा छोराहरुलाई बलात्कार नगर भनेर सम्झाउनुपर्‍यो ।’ उनले बलात्कारजस्तो जघन्य अपराधमा राज्यको शून्य सहनशिलता हुने बताइन् ।

कोइरालाले ट्रिटन कलेजले सामाजिक अभियानको आयोजनामा जारी ‘सोसल वर्क मेला’लाई सम्बोधन गर्दै आफू पनि लैंगिक भेदभावको मानसिकतामा रहेको बताइन् । ‘यस्ता घटनामा छोरी मान्छे मात्र होइन, पुरुष पनि उत्तिकै सजग हुन जरुरी छ,’ उनले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ