बलात्कारको केसमा स्ववियु सभापतिलाई १० वर्ष कैद

बलात्कारको केसमा स्ववियु सभापतिलाई १० वर्ष कैद

savapati_s2eitE2H2l

पर्वत : सामूहिक बलात्कारको मुद्दा चलाइएका पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिशिर क्षेत्रीलाई १० वर्ष कैद सजाय सुनाइएको छ।

कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको इजलासले १० वर्षको फैसला सुनाएको हो। क्षत्रीसहित दुई नाबालक र कुस्मा नगरपालिका ४ घुम्तीको एक होटल सञ्चालक २०७४ चैत १५ गते सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए।  क्षत्रीलाई मुलुकी ऐन अन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र सांगठनिक अपराधमा संलग्न रहेको भन्दै थप पाँच वर्ष गरी थप १० वर्ष कैद सजाय सुनाइएको हो।

अन्य दुई बालकलाई उमेर नपुगेकले एक जनालाई पाँच वर्ष र एक जनालाई डेढ वर्ष सुधार गृहमा राख्ने फैसला भएको छ। अदालतले होटल सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ। अभियुक्तहरूलाई चैत १५ गते बागलुङको चैते दसैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ