महिला र पुरुषबीच हुने यस्ता बेमेल

महिला र पुरुषबीच हुने यस्ता बेमेल

angry-couple_k9lLWhpMqV

कतिपय महिला–पुरुषबीच जुनी–जुनी सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर सम्बन्धलाई आत्मीय बनाउदै लैजाने गरे पनि उनीहरुका केही कुराहरु पक्कै पनि अमिल्दा हुन्छन् ।
जसले झगडाको बीउ समेत रोपिदिन्छ । शारीरिक रुपमा होस् या मानसिक रुपमा महिल र पुरुष बीच भिन्नता रहेकै हुन्छ । महिला पुरुषको मनोविज्ञान फरक भएरै होला उनीहरुको बानी पनि फरक नै हुन्छ । औसत महिला र पुरुष वीच रहेका भिन्नता  :

मेकअपः पुरुषहरु आफ्नी श्रीमती या प्रेमिकाले कम मेकअप गरेको मन पराउँछन । उनीहरुले गरेको मेकअपले आफ्नो कपडा खराब गरेको त झनै मन पराउँदैनन् । तर, महिलाहरु भने मेकअपमा औधि खुसी हुन्छन् ।

केशः धेरै पुरुषहरु महिलाको हेयर स्टाइलमा कुनै खास स्टाइल मन पराउछन् । महिलाले केश खुल्ला छोडेको या त बाँधेको । तर, महिलाहरु विभिन्न हेयर स्टाइलको पारखी हुन्छन ।
संगीतः महिलाहरु रोमांटिक तथा मन छुने गीतहरु मन पराउनछन् । तर, पुरुषहरु त्यको उल्टो हुन्छन । उनीहरु हंगामा मच्चाउने र तडक भडक बढी भएको गीत मन पराउछन । जुन महिलाहरु कम सुन्ने गर्छन ।

कलाकारः कुनै पनि महिला कलाकारलाई पुरुष सेक्सी तथा धेरै राम्री भएको बयान गर्छ भने महिलाहरु त्यसको उल्टो सोच्छन् । उनीहरु पुरुषले उसको शारिरक बनावट र फेसन हेरेर उसलाई राम्रो भनेको अनुमान गर्छन ।

टिभी कार्यक्रम : धेरै पुरुषहरु घरमा या बाहिर जहाँ पुगेपनि टिभीमा खास गरेर समाचार या त फेरि खेल समाचारहरु हेर्न मन पराउँछन । तर, महिलाहरुलाइ भने टिभीमा आउने विभिन्न सिरीयलहरु मन पराउँछन । उनीहरु समाचारमा त्यतिधेरै चासो नदिएको पनि पाइन्छ ।

खानाः धेरैपटक दुइजनामा खानाको मेन्युको बारेमा मत बाझिएको हुन्छ । पुरुषहरु जंकफुट जस्तै पिज्जा खान्छु भन्छन भने, महिलाहरु पिज्जा खाँदा आफ्नो पेट दुख्ने बताउँछन महिलाहरु सादा खाना खान रुचाँउछन् ।

ढिलो घर आउनुः पुरुषहरु महिलाको दाँजोमा ढिलो घर आउँछन् भने महिलाहरु घर छिटो आउन मन पराँउछन् ।
-एजेन्सीकाे सहयाेगमा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds