पोखरा महानगरपालिकाको सुरक्षाका लागि मुख्य सडक र चोकहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगर भित्रका सुरक्षा संयन्त्र चुस्त बनाउनका लागि क्यामेरा जडानको तयारी गरिएको हो ।
पहिलो चरणमा मुख्य १५ ठाउँमा क्यामेरा जडान भैसकेको छ । पृथ्वीचोक, जरेवर, ड्यामसाईड, अमरसिंहचोक, सेती पुल, जीरो किलोमिटर, हल्लनचोक, पालिखेचोक, महेन्द्रपुल, सभागृहचोक, सिर्जनाचोक लगायतका ठाउँमा जडान भैसकेको छ ।
यसपछि, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की तथा विभिन्न उद्योगी व्यवसायिसँगको सहकार्यमा क्यामेरा जडान गरिने भएको हो ।
‘बिचमा अरुसँग पनि सहकार्य गर्न सकिन्छ, पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘महानगरको सुरक्षा मजबुत बनाउनकै लागि क्यामेरा जडान गर्न लागिएको हो ।’
जडानका लागि अघिल्लो बर्ष ८ करोड लाग्ने स्टिमेट गरिएको थियो । ‘यस वर्ष ४ करोड बिनियोजन गरियो,’ उनले भने, ‘यस आर्थिक वर्ष भित्रमा योजना पुरा गर्ने लक्ष छ ।’ उनले पोखराको पर्यटन मार्ग, ट्रेकिङ रुटहरुमा समेत क्यामेरा जडानको सहकार्यको लागि दाताहरुसगँ कुरा अगाडि बढिरहेको उनले जानकारी दिए । पछिल्लो समय हुने चोरीलाई मध्यनजर गरेर सिसी क्यामेरा जडान गर्न लागिएको हो । – डिएनए नेपालबाट
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो