गण्डकी प्रदेशको लोगोमाथि ‘कपिराईट’ उजुरी

गण्डकी प्रदेशको लोगोमाथि ‘कपिराईट’ उजुरी

Copyright

पोखरा । गण्डकी प्रदेशको लोगो भद्धा र चित्रै चित्रको पोस्टर बन्यो, सिर्जनात्मकता भएन भनेर आलोचना भईरहँदा लोगोमा कपिराइटको उजुरी परेको छ ।

प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिले असोज १५ गते लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । लोगो सार्वजनिक भएको २ दिनपछि अर्का प्रतिष्पर्धी पोखरा १७ का महेन्द्र उपाध्यायले प्रदेशसभा सचिवालयमा आफ्नो लोगो हुबहु भएको उजुरी दर्ता गराएका हुन् ।

सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो । त्यसका लागि पवन पौडेल, विनित रानामगर, अनुसन्धान पोखरेल, महेन्द्र उपाध्याय र प्रेम श्रेष्ठले १२ वटा लोगोको नमुना प्रदेशसभामा पठाएका थिए । ती मध्ये प्रतिष्पर्धाको आधारमा विनित मगरको लोगो छानिएको हो ।

भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य सहभागी बैठकले गोरखाका विनितको लोगो चयन गरेका थिए । विनित त्यहींका कर्मचारी हुन् ।

उक्त बैठकमा सभामुख नेत्रनाथ अधिकारी, आन्तरिका मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उपपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्यहरु कृष्ण बहादुर थापा र कुमार खड्का समेत सहभागी थिए ।

उपाध्यायले २ वटा लोगोको नमुना प्रदेशसभाको ईमेलमा पठाएका थिए । तर, उनको लोगो छनोट भएन । छनोट नभएतापनि आफुले पठाएका २ वटा लोगो मिलाएर थोरैमात्र परिमार्जन गरिएको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ