स्याङयोङ गाडीको नयाँ शो रूम पोखरामा

स्याङयोङ गाडीको नयाँ शो रूम पोखरामा

rex

पोखरा । स्याङयोङ गाडीको नयाँ शो रूम पोखरामा खुलेको छ । नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइ.एम.एस गु्रप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ.एम.एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको हो ।

आफ्नो स्थापनाको अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ । यस अफर अन्र्तगत पोखरामा रहेका स्याङयोङका ग्राहकहरुलाई लक्षित गरि खरिद मूल्यमा रु ५ लाख सम्मको छुटको व्यवस्था गरिएको छ ।

यस्तै, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्यामसँग ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्ज सहित ३ वर्षको वारेन्टी (६०,००० किमी सम्म ),सुलभ इ एमआइ, १ बर्षको निशुल्क रोड ट्याक्स ,१ बर्षको निशुल्क बिमा, ५ बर्षको निशुल्क सर्भिसिङग र निशुल्क एक्स्यासरिज (रु २५००० सम्म )को सुविधा पनि उपलब्ध गराउने भएको छ ।

आफ्ना ग्राहकहरुले गरेको विश्वास प्रति आभार प्रकट गर्दै पोखरामा पनि कोरियन लक्जरी एस.यु.भी सुविधा प्रदान गर्न पाउँदा खुशी लागेको आइ.एम.एस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले बताए ।

मल्होत्राका अनुसार स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिन्न र उन्नत एस.यू.वी ब्रान्ड ओटोमोबाइलको निर्माता हो । स्याङयोङ, कम्पनीको गुणस्तरका कारण स्थापना बर्ष १९५४ देखि नै उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको उनले बताए । ‘कम्पनि संग लक्जरी कारहरू, एस.यू.वी हरू, पिकअप ट्रकहरू पनि छ, उनले भने, कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात गर्दै आईरहेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds