सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने सरकारको तयारी

सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने सरकारको तयारी

Gandaknews Cover

काठमाडौं–सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत विस्तार गर्न लागेको जानकारी दिएका हुन् ।

 प्रशासकीय अदालत दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले न्यायमा सबैको पहुँच पु¥याउन सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्नेगरी प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेको पनि बताए ।

मन्त्री ढकालले सर्वोच्च अदालतमा कर्मचारी सुरुवा, बढुवा सम्बन्धि मुद्दाको चाप घटाउन पनि सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने योजना अघि सार्नु परेको पनि स्पष्ट पारे ।
उनले न्याय सेवालाई प्रभावकारी बनाउन सरकारले सक्दो पहल गरिरहेको दावी पनि गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ