प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद छताछुल्ल भइरहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामकारबाहीबारे तीव्र असन्तुष्टि जनाएका छन् ।
श्रेष्ठले दुई तिहाइको सरकारलाई काम नगर्ने छुट नभएको बताए । उनले सरकारको ध्यान काममा नभई नारामा मात्र सीमित भएको आरोप लगाए । ‘दुई तिहाइको सरकारलाई असफल हुने छुट छैन’, नेता श्रेष्ठले भने, ‘सरकार नारामा मात्र सीमित भइराखेको छ ।’
श्रेष्ठले पार्टी र सरकारमा भ्रष्टाचारको संस्कृति मौलाएको टिप्पणी गरे । उनले आफू नजिकका भ्रष्टाचारीको संरक्षण गर्ने र बाहिरका भ्रष्टाचारी मात्र तह लगाउँछु भन्ने मानसिकताले भ्रष्टाचार अन्त्य हुन नसक्ने स्पष्ट गरे । ‘मेरो गिरोह, गुट वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारीबाहेक अरु सबैलाई सफाया गरिदिन्छु भनेर भ्रष्टाचार अन्त्य हुँदैन’, उनले भने, ‘यस्तो तरिकाको कम्युनिष्ट पार्टी कम्युनिष्ट हुन सक्दैन ।’
श्रेष्ठको संकेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीतर्फ लक्षित थियो । श्रेष्ठले पार्टीभित्र भ्रष्टाचारविरुद्ध शुद्धीकरण आन्दोलन सञ्चालन नगरे बर्बाद हुने अवस्था आइसकेको पनि उल्लेख गरे ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन