गोरखामा विद्यालयबाटै हराए दाजु-बहिनी

गोरखामा विद्यालयबाटै हराए दाजु-बहिनी

Gandaknews Cover

गोरखा नगरपालिका १ ताप्लेको जनज्योति आधारभूत विद्यालयबाट दुई वालवालिका हराएका छन्। सोमबार दिउँसो १ः३० बजे विद्यालयकै प्रांगणमा खेलिरहेका आठवर्षका शिशिर पनेरु र छ वर्षकी शिरिष्मा पनेरु हराएको विद्यालयका प्रधानाध्यापक भीमराज श्रेष्ठले जानकारी दिए।

‘खाजा खाने बेला थियो। हामी सबै अफिसमै खाजा खाइरहेका थियौं,’ उनले भने, ‘विद्यार्थी ग्राउण्डमा खेलिरहेका थिए।एक्कासी शिशिर र शिरिष्मालाई लग्यो भन्दै विद्यार्थीहरू आए। हामी बाहिर जाँदा कोही थिएन।’ उनीहरूलाई मुखमा माक्स बाँधेर आएकी एक महिलाले लगेको विद्यार्थीलाई उदृत गर्दै प्रअ श्रेष्ठले बताए।

उनीहरू हराएपछि विद्यालयले प्रहरीलाई खबर गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले उनीहरूको खोजी कार्य भइरहेको बताए। विद्यालय र गाउँलेले भने उनीहरूकै आमाले लगेको शंका गरेका छन्। ‘जहाँसम्म लाग्छ उनीहरूलाई आमाले नै लगेको हो’ प्रअ श्रेष्ठले भने।

आमा शुष्मा पाँच महिना अघिदेखि घर छोडेर हिँडेकी थिइन्। बाबु गौरब भने रोजगारीको शिलशिलामा विदेशमा छन्। उनीहरूलाई हजुर बुबाले रेख-देख गर्दै आइरहेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds