गण्डकीमा एक वर्षमै २ लाख सवारी थपिए, व्यवस्थापनमा चुनौति

गण्डकीमा एक वर्षमै २ लाख सवारी थपिए, व्यवस्थापनमा चुनौति

road

अघिल्लो वर्षमात्र गण्डकीमा झन्डै २ लाख नयाँ सवारीसाधन थपिए । यातायात व्यवस्था कार्यालय गण्डकीको तथ्यांक अनुसार अघिल्लो वर्ष १ लाख ८४ हजार ३ सय ९५ वटा नयाँ सवारी गण्डकीका सडकमा गुड्न थालेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २१ हजार बढि सवारी अघिल्लो आव २०७४/०७५ मा थप भएका छन् । ०७३/०७४ मा भने यातायात व्यवस्था कार्यालयमा १ लाख ६३ हजार सवारीसाधन दर्ता भएका थिए । आर्थिक वर्ष २०७२/०७३ मा १ लाख ४४ हजार ५ सय ३९ सवारी साधन दर्ता हुँदा पछिल्ला दुई वर्षमा ३ लाख ४८ हजार २ सय २७ वटा सवारी दर्ता भए ।
कार्यालयका अनुसार सबैभन्दा बढी ३ लाख ७२ हजार ३ सय १९ वटा मोटरसाईकल दर्ता भएका छन् । थपिएका मोटरसाईकलको संख्या पछिल्लो २ वर्षमा झन्डै ७० प्रतिशत अर्थात २ लाख ६३ हजार ५ सय ६० वटा रहेको छ ।
दुईपाङ्ग्रे बाहेक विलासिताका गाडीहरु बढि दर्ता भएका छन् । कार, जीप, भ्यान लगायतका विलासी सवारीसाधन पछिल्लो २ वर्षमा ४६ हजार ७ सय ८४ र ११ हजार ६ सय एउटा ट्रयाक्टरहरु दर्ताभएका छन् । बस ट्रक र ट्रिपरहरु ८ हजार ९ सय १६, मिनिबस–मिनिट्रक ८ हजार १ सय ३६ नयाँभित्रिए ।यो अवधीमामाईक्रोको संख्यापनिनिकै धेरै थपिएको छ ।
७ हजार ५ सय ३७ वटा माईक्रो गण्डकी कार्यालयमा दर्ता भएका हुन् । १ हजार ५ सय २६ वटा डोजर, एक्साभेटर लगायतनिर्माणका साधन भित्रिए भने ४ वटा दमकल, ७३ वटा एम्बुलेन्स र ९० वटा ट्राइसाइकल दर्ता भएको कार्यालय प्रमुखअच्युतराज रेग्मीले जानकारी दिए । कार्यालय स्थापनाभएदेखि अहिलेसम्म ४ लाख ९२ हजार ७ सय ३० वटा मोटरसाईकल तथा अन्य गाडीहरु दर्ता गरिएका छन् ।

यातायातको सिण्डिकेट खारेज गर्ने निर्णयानुसार दर्ता जहाँ गरिएतापनि ती सवारीहरु नेपालभरि गुड्न पाउँछन् । साविकको धौलागिरी अञ्चल र गण्डकी अञ्चलका बासिन्दाहरुले पनि यातायात व्यवस्था कार्यालय गण्डकीबाट नै सवारी दर्ता गर्ने गरेका छन् । यद्यपि यातायात व्यवस्था कार्यालय बाग्लुङबाट पनि सवारी दर्ता गर्न भने सकिन्छ ।

प्रदेश राजधानी पोखराबाट पृथ्वी, सिद्धार्थ र भूपि शेरचन राजमार्गको लागि सवारीहरु छुट्ने गरेका छन् । हालसम्म कार्यालयले १४ हजारभन्दा बढि सार्वजनिक सवारीहरुलाई रुट ईजाजत दिएको छ । सवारी करबाट कार्यालयले पछिल्ला २१ व्र्षमा १ अर्ब ५ करोड १७ लाख २६ हजार रुपैयाँ राजस्वमात्र संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पोखरामा १ लाख ६० हजार हाराहारीमा मोटरसाईकल सहितका सवारीहरु दैनिक गुड्छन् । पछिल्ला वर्षहरुमा सवारी थपिने दर तीब्र रुपमा बढिरहेको छ ।

– विशन क्षेत्री बिग एफएम

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ