प्रदेश नेतृत्वकर्ताहरु क्रमैसँग पोखरामा, मुख्यमन्त्रीपछि पत्रकार महासंघका प्रदेश अध्यक्षहरु भेला हुँदै

प्रदेश नेतृत्वकर्ताहरु क्रमैसँग पोखरामा, मुख्यमन्त्रीपछि पत्रकार महासंघका प्रदेश अध्यक्षहरु भेला हुँदै

Tribhuwan

‘पोखरा’ गण्डकी प्रदेशको राजधानी । चीन देखि भारत जोडिएको यो प्रदेश अन्य प्रदेशका तुलनामा समृद्ध बन्ने सम्भावना प्रशस्त छ ।

नयाँ संविधानपछि मुलुकमा संघीयता कार्यान्वयन भएसँगै अनेक चुनौतिको सामना गर्नुपरेको छ । नयाँ संरचना अनुसार अघि बढ्दा संघ, प्रदेश र स्थानीय तहबीचको काम, कर्तव्य, अधिकारका क्रममा व्यवहारिक कठिनाईहरु छन् । भौतिक संरचना अपुग छ ।

केहि समयअघि पोखरामा नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पहलमा संघ झस्कने गरी ‘मुख्यमन्त्रीहरुको भेला’ भयो । अब पत्रकार महासंघका प्रदेश अध्यक्षहरु पोखरा आउँदैछन् ।

महासंघका प्रदेश समितिहरुले भोग्नु परेका समस्या र आगामी दिनमा प्रदेशका गतिविधीहरुलाई एकरुपतामा कसरी अगाडी बढाउने भन्ने बरेमा छलफल गर्न आगामी असोज २० गते शनिवार पोखरामा भेला आयोजना गर्न लागिएको महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।

भेलाको संयोजन गण्डकी प्रदेश शाखाले गर्ने छ । ‘अबका दिनमा पत्रकार महासंघको प्रादेशिक समितिलाई कसरी अगाडी लैजाने भन्ने बरेमा गहन छलफल हुन्छ।’ गण्डकी प्रदेशका अध्यक्ष पौडेलले भने, ‘हामी प्रादेशिक समितिहरुको समान दृष्टिकोण सहित अगाडि बढ्ने बारेमा छलफल गर्दछौँ।’

भेलामा भुगोलका ७ सहित एशोसियट, प्रतिष्ठान र उपत्यका प्रदेशका गरेर १० अध्यक्षहरुको सहभागिता रहनेछ । गण्डकी प्रदेशले आफू मातहतका ११ जिल्लाका अध्यक्ष र सचिवहरुको भेला लुम्लेमा सम्पन्न गरिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ