एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा !

एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा !

10_jodi_jumm_ifB2clnjrr

एक दुई जोडीमात्र होइन, १० जोडी जुम्ल्याहा त्यो पनि एउटै विद्यालयमा । सुन्दा सबैलाई आश्चार्य र अनौठोे लाग्न सक्छ तर यस्तै संयोग मिलेको छ, झापाको एउटा विद्यालयमा । एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा बालबालिका पढ्ने गर्दछन् ।

झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकीमा रहेको लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा जुम्ल्याहा बालबालिका पढ्ने यस्तो संयोग मिलेको छ । फरक फरक घरमा फरक फरक समुदाय र लिङ्ग भए पनि एउटै विद्यालयमा कसरी यो संयोग मिल्यो भन्ने बिषय थप खोज र अनुसन्धानको बिषय बनेको छ । जुम्ल्याहा बालबालिकाले परिचित यो बिद्यालयमा उनीहरूका ब्यवहारले भने सबैलाई अचम्मित बनाउने गरेको छ ।

विद्यालयका अनुसार उनीहरूले देखाउने समान आनीबानी र चालचलन झन् चाखलाग्दो छ । जुम्ल्याहा बालबालिका प्रायःजसो आफ्ना जोडीसँग एकै प्रकारको अनुहार, झट् हेर्दा उस्तै लाग्ने कारण शिक्षकहरू नै धेरै पटक झुक्किने गरेको बिद्यालयका प्रधानाध्यापक हेमलाल आचार्य बताउँछन्, आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds