पोखरा ः पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा निधन भएको छ । केही दिन देखि ज्वरो लगायतको रोगले थलिएकी धनकुमारीको शुक्रबार बिहान आफ्नै घरमा निधन भएको छिमेकी दामोदर भक्त थापाले जानकारी दिए ।
सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रूपमा रहेकी गुरुङको निधन भएको हो । नेपाली नागरिकता अनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङको छोरा र नातिको समेत मृत्यु भइसकेको छ ।
‘उहाँको छोरा त थिएन, धर्मनातीको रुपमा इमानसिङ गुरुङलाई पाल्नु भएको थियो । उसको पनि मृत्यु भइसक्यो’ थापाले भने ‘अहिले उहाँको किरिया पनि धर्मनातीका छोरा राजु र उनका बहिनीका छोरा भोजबहादुर बसेका छन् ।’ उनै ३६ वर्षीय पनाती राजु गुरुङले उनको पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिएको छ ।
गुरुङले भारतिय आर्मीको पेन्सन बुझ्दै आएकी थिईन् । भारतिय सेनाको पनि गोरखा राइफलमा भर्ति भएका श्रीमान लालबीरको मृत्यु भएपछि उनै पनातीको सहयोगमा धनकुमारीको नाममा पेन्सन पट्टा नामसारी गरिएको थियो । उनीसँगैका सबै साथीहरुको पनि निधन भइसकेको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो