तनहुँ । अमेरिकन राजदुतावासकि प्रवक्ता एण्डी डि आरमेन्टको नेतृत्वमा आएको टोलिले शुक्रबार व्यास नगरपालिकाको भ्रमण गरी विभिन्न जानकारी लिएको छ। त्यसक्रममा टोलिले व्यास नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको बारेमा जानकारी लिएको थियो । साथै उनले स्थानिय तहले आफुले गरेका कामहरुलाई संञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत जनसमक्ष पुर्याई त्यसको प्रतिक्रिया लिन सक्नु पर्नेमा जोड दिइन ।
टोलिलाई जानकारी गराउने क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कार्यालयको वर्तमान अवस्था, योजना छनोट सम्बन्धी जानकारी तथा नगरपालिकाले तयार गरेको भावि विकासका गुरुयोजनाका बारेमा स्पष्ट पारेका थिए । भर्खरै संकलित तथ्याङक सम्बन्धि जानकारी र दैनिक रुपमा नगरपालिकाबाट नगरबासिलाई दिईने सेवा र सुबिधाको बारेमा पनि न्यौपानेले बताए ।
नगरप्रमुख न्यौपानेले नगरपालिका भित्र वडाअध्यक्ष, वडा सदस्य तथा कर्मचारिहरु विचको समन्वय, नगरबासि संगको सम्बन्धका बारेमा पनि जानकारि गराए । त्यस क्रममा आफ्नो प्रतिक्रिया दिदै प्रवक्ता डि आरमेन्टले आफुलाई स्थानिय तहमा ग्रामिण तहका जनताको प्रतिनिधित्व गरि जनप्रतिनिधिहरुले गरिरहेको विकास निर्माणका काम प्रति अत्यन्त चासो भएको उल्लेख गर्दै व्यास नगरपालिकाको काम प्रति सराहाना व्यक्त गरेकी थिइन ।
यसैगरीआर्मेन्टले निर्वाचित जनप्रतिनिधिहरुले देखाएको काम गर्ने ईव्छा र उत्साहाको प्रशंसा गरेकी थिइन । त्यसक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ जिल्लामा दशवटा स्थानिय तहले गरिरहेको विकास र त्यसमा समन्वय समितिले निर्वाह गरिरहेको भुमिकाका बारेमा जानकारी गराएका थिए ।
भेटघाटका क्रममा जिल्ला समन्वय समितिकी उप-प्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाकी उप-प्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधीकृत हरि प्रसाद वांस्तोला,आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हडखले, अमेरिकन राजदुतावासका संचार संयोजक अपार पौडेल, वडाअध्यक्षहरु मोहन कुमार श्रेष्ठ, सतिशचन्द्र न्यौपाने र तुलसिराम सापकोटा, नेपाल पत्रकार महांसघ, तनहुँका अध्यक्ष ओमकार आचार्य, व्यास नगरपालिकाका प्रेस सल्लाहाकार प्रदिप काफ्ले, सुचना प्रविधि अधीकृत विशाल पण्डितको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अब्बल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीतः मन्त्री पाठक
छाब्दीवाराही मन्दिर: धार्मिक गन्तव्यस्थल
तनहुँको ऋषिङमा जनप्रतिनिधिको बैठक भत्ताले ११ विद्यालयमा अक्षयकोष
तनहुँको भीमादमा आफैले ढालेको रूखले च्यापेर मृत्यु
तनहुँबाट लागु औषधसहित युवक पक्राउ
तनहुँमा दुई दुर्घटना [अपडेट]: मोटरसाइकल चालकको मृत्यु, बस खस्दा ११ घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग