गण्डकन्यूज । पोखरामा श्रीया सुनार (बिक) को बलात्कार पछि हत्या प्रकरण नसेलाउँदै यहाँ नै त्यसभन्दा अगाडिको घटना पर्दाफास भएको छ । पीडित पक्ष नै गुपचुप रहेको अवस्थामा श्रीया हत्या प्रकरणपछि घटनाबारे खुलासा भयो ।
नत्र, १५ वर्षको बालकले नुहाउन लगेर ७ वर्षीया बालिकालाई बलात्कार गर्नु, भाइ जेल पर्ने डरले पीडकका दिदीले घरमा भित्राएर सिन्दुर, कपडा लगाएर राख्नु, पीडित बालिकाकै बुबाआमा अनाथ केटो भन्दै एक पटकलाई क्षमा दिनुपर्छ भन्ने निचोडमा पुग्नु, ४ दिनपछि मात्रै प्रहरीलाई जानकारी हुनु । आफैमा अचम्म लाग्दो घटना छ ।
गण्डकी टेलिभिजन मार्फत् मिडियामा पहिलो पटक सार्वजनिक भएको ७ वर्षीया बालिका बलात्कारको यस घटनामा १५ वर्षीय केटा संलग्न छन् ।
बुबाआमा र स्वयं बालिकाका अनुसार घटना विवरण यस्तो छः
बालिकाका बुबा मिस्त्री काम गर्ने गर्छन् । २ महिनाअघि मात्र अहिले रहेको ठाउँमा डेरा सरेका हुन् । टिनको ब्लक कोठामा बस्छन् । बालिका २ कक्षामा पढ्छिन् । पोखरामा असोज ६ गते दिउँसो १२ बजिसकेको थियो । छिमेकी १५ वर्षीय केटाले ७ वर्षीया बालिका लिएर नजिकै खोलामा नुहाउन जान्छन् । त्यसपछि खोल्सामा झाडी भएको गुफा जस्तो ठाउँमा फकाइफुलाई लग्छन् । मिठाई दिन्छन् । पैसा दिन्छु, साइकलमा लिएर हिँड्छु । मःम चाउमिन खुवाउँछु भन्दै केटाले बालिकालाई जबर्जस्ती करणी गर्छन् । बालिका रुन्छिन् । फर्किदाँ समेत बालिका रोईरहन्छिन् । केटाले खोलामा फाल्दिन्छु भनेर तर्साउँछन् । बुबाआमालाई नभन्न धम्की दिन्छन् ।
बालिका राति उठ्ने, असजिलो गरी हिँड्ने गर्दा बुबाले आश्चर्य मान्छन् । आमाले कपडा चेञ्ज गर्न लाग्दा रगत देख्छन् र योनाङ्ग सुनिएको देख्छन् । त्यसपछि फकाएर सोध्दा माथि उल्लेखित घटना भन्छिन् । दुई दिनपछि बल्ल घरमा थाहा हुन्छ । आमाले एक महिलालाई देखाएपछि बलात्कृत नै भएको हो भन्ने जवाफ आएपछि डाक्टरकोमा लगेर चेक गराईन्छ । बलात्कार नै भएको पुष्टि गरिदिन्छन् । त्यसपछि छिमेकमा बस्ने कसैलाई पनि घटनाबारे मुख खोलिएको हुन्न । प्रहरीलाई पनि जानकारी गराईंदैन । केटा अनाथ हुन् । बाबुआमा नभएका बालक आफ्नी कान्छी दिदीसँग बस्दै आएका छन् ।
बालिकाका बुबाआमासँग पहिले घटनाबारे थाहा नभएको भनेपनि पछि गल्ती भयो । एकपटकलाई माफी दिनु भन्छन् । बुबाआमा नभएको बच्चा भन्दै पीडित बालिकाका बुबाआमाले घटनाबारे नभन्ने भन्दै माफी दिने सोचमा बसेका हुन्छन् । केटाकी दिदीले ७ वर्षीया बालिकालाई बुहारी बनाउँदै नयाँ लुगा लगाएर भाइलाई सिन्दुर हाल्न लगाई कोठामा लगिसकेको हुन्छ । यद्यपी, बालिकाकी आमाले लुगा फिर्ता गराई घरमा ल्याँउछिन् ।
५ दिनपछि घटना सार्वजनिक हुन्छ ।सुध्रिओस्, गरिखाओस् भन्ने रहेपनि बालिकाकी बुबा अब सजाय पाओस् भन्नेमा पुगिसकेका छन् । बालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बालिकाकी आमा मार्फत जाहेरी पनि लिईसकेको छ ।
कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले ६ गतेको घटना १० गते मात्र जानकारी आएको जनाउँदै संलग्न भएकोलाई नियन्त्रण लिएको र बालकले स्विकार गरेको जनाएका छन् । यद्यपी, करणी नै भएपनि नाबालकको हकमा उनीहरुबीचको यौन क्रियाकलापलाई बाल यौन दुव्र्यवहार भनिने उनी बताउँछन् । गम्भिर प्रकृतिको अपराध हो भन्दै उनले आरोपीलाई बाल हिरासतमा राखिएको जनाए ।
https://youtu.be/CeWzTpb0sRw
(कपी गर्दा गण्डकन्यूज श्रोत खुलाइदिनुहोला)
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी