चीनमा मुख्यमन्त्री गुरुङ, हाइनानका गभर्नरलाई पोखरा घुम्न निम्तो

चीनमा मुख्यमन्त्री गुरुङ, हाइनानका गभर्नरलाई पोखरा घुम्न निम्तो

Cm In China (2)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमणको तेस्रो दिन शुक्रबार चीनकै ठुलो आर्थिक क्षेत्र, पशु प्रजनन केन्द्र, तरकारी तथा फलफुल चिस्यान केन्द्र, गुणस्तर निर्धारण केन्द्रको प्रयोगशाला लगायतको अवलोकन गरेका छन् ।

चिनको आर्थिक क्षेत्रको अवलोकनपछि लाउ निउ शानका उद्योगपति जिनछियोङ झोङ, स्थानीय कुखुरा उत्पादनका निर्देशक वेनचाङ, लगायतका टिमसित छलफल र अन्तक्र्रिया समेत गरिएको छ । सो अवसरमा चिनिया उद्योगीहरुले गण्डकी प्रदेशमा लगानी ल्याउन आफुहरु इच्छुक रहेको बताएका थिए ।

मुख्यमन्त्री गुरुङ शुक्रबार नै चिनको ६९ स्थापना दिवसमा आयोजित विशेष समारोहमा पनि विशिष्ट अतिथीका रुपमा उपस्थित भएका थिए । उक्त कार्यक्रम हाइनान प्रान्तका गभर्नर डा. जिओमेन शानले आयोजना गरेका थिए । यसअघि मुख्यमन्त्री गुरुङले चीनको हाइनान प्रान्तका गभर्नर जिआमेन सिनसँग भेटवार्ता गरेका थिए । भेटमा गण्डकी प्रदेशको विकासको सम्भावना, योजना र सहयोगका क्षेत्रबारे छलफल भएको छ । मुख्यमन्त्री गुरुङले हाइनानका गभर्नरलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

 

गण्डकी प्रदेशको नीति र योजना अनुरुप प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास लगायत क्षेत्रमा लगानी गर्न र दुई पक्षीय सहयोग गर्न हाइनान प्रान्तका गभर्नर सकारात्मक रहेको पाइएको मुख्यमन्त्रीको भ्रमण दलका एक सदस्य मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरले जानकारी दिए । उनले भने, ‘यही वर्षभित्र पोखरामा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन हाइनानका लगानीकर्तालाई हाम्रा मुख्यमन्त्रीज्यूले आह्वान गर्नुभएको छ ।’

गण्डकी प्रदेश पर्यटकीय दृष्टिले विश्वमै उत्कृष्टमध्येको गन्तव्य रहेको र लगानी गर्ने वातावरण अनुकुल भएकाले अवसरको फाइदा उठाउन मुख्यमन्त्रीले लगानीकर्तालाई आह्वान गरेको घिमिरेले जनाए । घिमिरेकै अनुसार हाइनानका गभर्नरले गण्डकी प्रदेशको प्राथमिक क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्व टोलीले हाइनान कलेज अफ भोकेसन एन्ड टेक्निकका निर्देशक डा. उ जिआउइ लगायतसँग समेत भेटी गण्डकीमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि पूर्वाधार, विकास, ल्याब, शिक्षक तालिम, पाठ्यक्रम लगायत विषयमा छलफल गरेको छ ।

हाइनानको सोही कलेजमा पढिरहेका नेपाली विद्यार्थीसँग पनि मुख्यमन्त्रीले भेटघाट गरेका छन् । मुख्यमन्त्री गुरुङ मंगलबारदेखि साताव्यापी चीन भ्रमणमा छन् । हाइनान प्रान्त चीनका व्यापारी र व्यवसायी तथा चाइना काउन्सिल फर प्रोमोटिङ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) का सदस्यसँग नेपाली भ्रमण दलले व्यापार, व्यवसायका विभिन्न पक्षबारे छलफल गरेको मुख्य न्यायाधिवक्ता घिमिरेले जानकारी दिए । उनले भने, ‘हाइनानको पर्यटन, नागरिक उड्डयन, जलस्रोत, ऊर्जा, सौर्यऊर्जा र औषधि व्यवसायीका प्रतिनिधि मण्डलसँग ११ गते शुक्रबार भेटवार्ता भयो ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds