यसकारण पायो यूआरएल र डाइरेक्टर पन्तले ‘भाइब्रेन्ट रोस युजर अवार्ड’

यसकारण पायो यूआरएल र डाइरेक्टर पन्तले ‘भाइब्रेन्ट रोस युजर अवार्ड’

URL

पोखरा । स्थापनाको छोटो समयमै पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि (यूआरएल) ले अग्रणी स्थान कब्जा गरेको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याबका रुपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिनबाट सेवा सुरु गरेको ल्याबको चर्चा चुलिनुको कारण व्यवसाय मात्र होईन । यूआएरल सामाजिक सेवामा सबैभन्दा अगाडि छ ।

पोखराका स्वास्थ्य शिविर तथा ल्याब जाँचमा यूआरएल प्राविधिक सहयोगीको रुपमा नरहेको कार्यक्रम विरलै होलान् । अहिलेसम्म ५५ भन्दा बढी स्वास्थ्य शिविरमा प्राविधिक सहयोगीका रुपमा यूआरएल जोडिइसकेको छ । विशेष गरी निःशुल्क मधुमेह जाँचमा यूआएलको महत्वपूर्ण सहयोग रहेको छ । २५ हजार बढी निःशुल्क लाभान्वित भईसकेका छन् ।

पोखराको न्यूरोड स्थित गिरी कम्प्लेक्समा व्यवस्थित ढंगले मुख्य कार्यालय रहेको यूआरएलको बाग्लुङ र दमौलीमा शाखा विस्तार छ । कास्कीको पोखरा सहित तनहुँ, लमजुङ, धौलागिरी क्षेत्रमा यसले कार्यक्षेत्र विस्तार गरेको छ । अहिलेसम्म १ लाख २५ हजारलाई सेवा प्रदान गरिसकेको छ । फोक्सो र मुटु तथा थाइराइड सम्बन्धी विशेष प्रकारका जाँचहरु हुने यूआरएलले काठमाण्डौका ल्याब भन्दा आफूलाई अगाडि उभ्याएको छ ।

यसैकारण, यही साता यूआएल र यसका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित भएका भए । डाइनोटेक सपोर्ट प्रालि र रोस कम्पनीले सोमबार काठमाण्डौंमा आयोजना गरेको रोस युजर मिट २०१८ मा ‘भाइब्रेन्ट रोस युजर अवार्ड’बाट युआरएल र पन्तलाई सम्मान ग¥यो ।

नेपालमै सबैभन्दा धेरै पारामिटर सञ्चालन र सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा युआरएललाई सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप अत्याधुनिक परीक्षण पोखरामै उपलब्ध प्रेरणा मिलेको युआरएलका प्रबन्ध निर्देशक पन्तले बताए । उनले युआरएलले धेरै बिरामी भएका राजधानीका अस्पतालका प्रयोगशाला र रेफरेन्स ल्याबहरुले पनि सञ्चालन गर्न नसकेका केही परीक्षण पोखरामै उपलब्ध गराइरहेको बताए ।

कार्यक्रममा प्रोमिनेन्ट रोस युजर अवार्डबाट अल्का अस्पतालका नवराज थापा र अलराउन्डर रोस युजर अवार्डबाट धरानका राजेन्द्रमोहन चौधरी सम्मानित भए ।

समारोहमा रोस मेसिनको प्रयोग, परीक्षण र गुणस्तरीय रिपोर्टबारे ५ वटा कार्यपत्र पेश भएका थिए । युआरएलका ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेयले इनोभेटिभ बायोमाकर्स विषयमा कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा डाइनोटेक सपोर्ट प्रालिका अध्यक्ष कान्ति थापा, रोस कम्पनीका डा. दिपिका जिन्दल र विष्णु सक्तवात र डाइनोटेकका सञ्चालक सुशील थापाले लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ