छोराछोरीको हत्यापछि परिवारै विस्थापित

छोराछोरीको हत्यापछि परिवारै विस्थापित

susma-n-pradip-_QVzY5wjD4m

अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।

अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, शृंगारका सामान बेच्थे । परिवार राम्रैसँग धानेका थिए ३८ वर्षीय चेतनाथ फुयाँलले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छँदै थियो । तीन सन्तानको भविष्य चम्काउने ध्याउन्नमा उनीहरूले आफ्नो खुसीलाई कहिल्यै महत्त्व दिएनन् ।

एकाएक उनीहरूको हाँसीखुसी जीवनलाई अन्धकारले छोप्यो । असार १० गते शनिबार । घरबाट हराएको २ दिनपछि  रवीन्द्र सापकोटाका १५ वर्षीय छोरा रञ्जित र चेथनाथका छोरीहरु शुष्मा र प्रदीपको शब घर नजिकैको पोखरीमा भेटियो ।

तर छोराछोरीका हत्यारा पत्ता नलागेपछि भोजपुरको आफ्नो गाउँबाटै सुष्मा र प्रदीपका अभिभावक विस्थापित भएका छन् । उनीहरू अहिले इटहरीमा आफन्तले ऋणमा बनाइदिएको टिनको घरमा आश्रय लिएर बसिरहेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds