पोखरा प्रिमियर लिग क्रिकेट खेल्ने ६ टोली र ‘मार्की’ खेलाडी सार्वजनिक भएको छ । आयोजक क्वीन्स इभेन्ट्स प्रालीले पत्रकार सम्मेलन गरी फे्रन्चाइज टिम घोषणा गरेको हो ।
फ्रेन्चाइज टिममा काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज्, बुटवल ब्लास्टर, विराटनगर टाइटेन्स र इक्सर्ट धनगढी ब्लूज छन् ।
यस्तै सबै टिमका मार्की प्लेयर सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का चितवन राइनोजमा छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं रोयल्सको मार्की प्लेयर भएका छन् ।
सन्दीप लामिछाने विराटनगर टाइटेन्स, सोमपाल कामी बुटवल ब्लास्टर्स, शरद भेषावकर पोखरा पल्टन र दीपेन्द्र सिंह ऐरी इक्सर्ट धनगढी ब्लूजको मार्की प्लेयर छन् ।
कार्यक्रममा मार्की प्लेयरहरुले पोखरामा क्रिकेट खेल्न आफूहरु उत्साहित रहेको बताए । पारस खड्काले पीपीएलसँग क्रिकेटमा लगानी गर्न नयाँ टिम आएको र यसले नयाँ खेलाडीहरुलाई अवसर दिने बताए ।
पारससँगै ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले सन् २०१३ मा टी-२० को एसियाली छनोटका क्रममा पोखरामा बन्द प्रशिक्षण गरेको सम्भिmए । ‘पोखरालाई न्यूटल भेन्यू बनाउन सकिन्छ’ ज्ञानेन्द्रले भने ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने