तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ११ रानीगाउँका सागर परियारले मिष्टर नेपालमा सहभागि भएका छन् । तनहुँका सागर परियार संगै ‘मिष्टर नेपाल २०१८’का प्रतियोगीहरु अन्तिम प्रतिस्पर्धाको तयारीमा जुटेका छन् ।
देशका प्रमुख शहर काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका शहरमा आयोजित पहिलो चरणको अडिसनबाट छानिएका १८ युवा यहि १३ गते हुने अन्तिम प्रतिस्प्रर्धाका लागि बन्द प्रशिक्षणमा जुटेका हुन् ।

कोरियोग्राफर रोजिन शाक्य, दिक्पाल कार्की लगायतका प्रशिक्षकले उनीहरुलाई प्रशिक्षण गरिरहेका छन् । एक्सपोज नेपालको आयोजना उक्त प्रतियोगि भएको हो ।
तर्फको रूचीलार्इ अगाडी बढाउँदै मिष्टर नेपालको प्रतिस्पर्धामा उत्रिएका २१ वर्षीय परियार तनहुँ जिल्लाबाट सहभागी एक्ला प्रतिस्पर्धी हुन् ।
मिष्टर नेपालको फाइनलका लागि भोटिङ अभियान संचालन भर्इरहेकाले उनले भोटिङ मार्फत आफूलार्इ सघाउन आग्रह गरे । मोबाइल म्यासेजमा ‘MRN 09’ Type गरी 34343 मा पठाएर भोट गर्न सकिने सागरले बताए ।
प्रशिक्षणका क्रममा उनीहरुलाई स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गुरमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण भइरहेको आयोजक एक्सपोज नेपाल डटकमकी सिइयो अर्चना थापाले बताइन् ।

उनले प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी दिएकी छन् ।

युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य रहेको प्रतियोगीताको शिर्ष बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर वल्र्ड २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता समेत जनाउनेछ ।

१८ बर्ष देखि ३५ बर्षसम्मका प्रतियोगीको सहभागीता रहेको प्रतियोगीतामा मिष्टर वल्र्ड, मिस्टर नेपाल युनिभर्सल एबेसडर, मिस्टर नेपाल म्यान अफ द इयर, मिस्टर नेपाल मेन इन्टरनेशनल, मिसटर नेपाल मेन एटिच्युट, एक्सपोज नेपाल युथ एम्बेसडर, एक्सपोज नेपाल स्पोड एम्बेसडर, एक्पोज नेपाल टुरिजम एम्बेसडर, सोसल मिडिया स्टार, एसएमएस स्टार, पब्लिक च्वाइ, बेष्ट फिजिक्स, बेष्ट मोडल, फोटोजेनिक, मस्ट ट्यालेनट र स्पोट विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीताको शिर्ष विजेताले सुजुकी बाइक र अन्य विभिन्न उपहार समेत जित्न सक्ने छन् भन्ने अन्य बिजेताले पनि बिभिन्न उपहार हात पार्नेछन् ।
मिष्टर नेपालका प्रतियोगीले देखाए प्रतिभा
मिष्टर नेपालका प्रतियोगीले आफूमा भएको प्रतिभा देखाएका छन् । बुधबार राजधानीको टेकुस्थित मसला कटेजमा आयोजित एक कार्यक्रममा मिष्टर नेपाल २०१८ का प्रतियोगीताले आ–आफ्नो प्रतिभा देखाएका हुन् ।

मिष्टर ट्यालेनट उपाधिका लागि उनीहरुले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषणलगायत आफूमा रहेको प्रतिभा देखाएका थिए । सो अवसरमा कोरियोग्राफर महेश केसी, मोडल प्रिया रानी लामा, मिष्टर नेपाल अक्षयजंग रायमाझी लगायत निर्णायक रहेका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते