गगनगौँडामा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

गगनगौँडामा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

Shirmaya

पोखरा, असोज ११ । पोखरामा फेरी अर्को हत्याको घटना घटेको छ । पोखरा ३२ रहेको सुकुम्बासी बस्तीमा एक श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

बुधबार साँझ ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० बर्षिया श्रीमती श्रीमाया गुरुङको हत्या गरेका हुन् । हत्या गरेपछि बोरामा पोको पारेर फालेको अबस्थामा श्रीमायाँको शव स्थानीयले भेटेका हुन् ।

 ‘श्रीमान् नै मारेको भनेर जानकारी आएको छ,’ जिल्ला प्रहरी कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले भने ‘घटना स्थलमा प्रहरी पुगिसकेको छ । त्यहाँ मृतकको श्रीमान् भेटिएन फरार छ ।’ घटनाबारे थप अपडेट केहीबेरमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ