काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कारपछि हत्या भएको दुई महिना बितेपनि अभियुक्तको पहिचान रहस्यमय बनेको छ ।
बुधबार गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याबारे नयाँ तथ्य अघि सारे । हत्यापछि प्रहरीले उठाएको मुचुल्कामा गरिएको निर्मलाका बाबुको औंठाछाप नक्कली रहेको गृहमन्त्रीबाटै खुलासा भयो । बुधबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री बादलले निर्मलाले लगाएका लुगाहरु पनि जलाइएको पाइएको बताए ।
उनले भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप भेटिएको छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’
निर्मलाका बाबु यज्ञराज पन्तले आफूले मुचुल्कामा औंठाछाप नलगाएको बताएका छन् । दाहसंस्कार गरेको ८–१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा उनलाई औठाछाप लाउन लगाएको बताइएको छ ।
शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो । गृहमन्त्रीले निर्मला हत्यामा तत्कालीन प्रहरीको टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो