तालिम प्राप्त कुकुरको सहयोगमा तनहुँको गुणादिबाट ३ किलो गाजा सहित एक जना पक्राउ

तालिम प्राप्त कुकुरको सहयोगमा तनहुँको गुणादिबाट ३ किलो गाजा सहित एक जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट संयुक्त रुपमा खटिएको प्रहरीको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले गुणादि बाट लागु औषध गाजा सहित एक जना लाइ पक्राउ गरेको छ ।

धादिङ वेशी बाट पोखरा तर्फ जाँदै गरेको ना १ ख ३६७९ को यात्रु वहाक बस रोकी चेकजाँच गर्ने क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा बसमा सवार रहेका नबलपरासी बुम्दीकाली गाँउपालिका वडा नं १ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं ४ सिद्धार्थचोक बस्ने वर्ष २० को पारस सार्की पक्राउ परेका हुन ।

सार्कीले बोकेको झोला खानतलासी गर्दा उनले झोला भित्र लुकाई छिपाई ओसार पसार गर्दै गरेको अबस्थामा ३ किलो गाँजा फेला परेको हो । बुधबार म्याग्दे गाउँपालिका वडा नं १ गुणादी स्थित पृथ्वीराजमार्ग सडकमा चेकप्वाईन्ट राखेर राजमार्ग सडकमा चल्ने सवारी साधन तथा संकित ब्यक्तिहरुको चेकजाँच गर्ने क्रममा दिउसो साढे चार बजे प्रहरीले  पक्राउ गरेको हो ।

उक्त लागु औषध गाँजा बरामद गरी उनलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds