गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
किरण श्रेष्ठ, तनहुँ । गायक अनुराग थापा मगरको “माकुरी जाल बुन” गितले युटुबमा दिन प्रतिदिन चर्चा बटुल्दै गएको छ । उनको गित एक हप्तामा १ लाख बढीले हेरेको छ । नेपाल मगर संघ तनहुँको आयोजनामा गायक अनुराग थापा मगरको `माकुरी जाल बुन´ प्रचारप्रसारको लागि बुधबार दमौलीमा पत्रकार सम्मेलन गरेको छ ।
नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा रहेका थिए । सो अवसरमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शर्माले गितसंगीत मानिस जिवनमा एउटा महत्त्वपूर्ण रहेको छ । माकुरी जाल बुन गितको म्युजिक भिडियोको छायांकन तनहुँ कै पर्यटकीय स्थलहरुमा हुन सकेको भए धेरै राम्रो हुने सुझाव समेत दिएका थिए ।
स्थानीय कलाकार र तनहुँको पर्यटन प्रवर्द्धनमा म्युजिक भिडियोले समेत सहयोग पुर्याउनु पर्दछ । गायक अनुराग थापा मगर नेपाल मगर संघ तनहुँका सदस्य समेत हुन । यस अघि गायक मगरको ५ वटा गित बजारमा आइसकेको छ । यो माकुरी जाल बुन उनको छैठौं गित हो । यस अघि गैराबारि, हाम्रो माया, सालैजो श्रीफुल, झ्याउरे सधैं झल्को निर्मायार र बादलु लगाएत रहेका छन ।
तनहुँका गायक अनुराग थापा मगर र चर्चित गायिका प्रिती आलेको स्वरमा नयाँ गित बजारमा आएको छ । बहुचर्चित सर्जक एक नारायण भण्डारीको शब्द संगीतमा रहेको गीतमा चर्चित गायिका प्रिति आले र गायक अनुराग थापा मगरको स्वर रहेको छ । मौसम हिमालीको निर्देशन तथा दुर्गा पौडेलको छायांकन रहेको गितलाई प्रबीन रेश्मी मगरले सम्पादन गरेका छन ।
बहुचर्चित गायक तथा मोडल रामजी खाँण, आरुषी मगर संगै दल मगर र मुना मगरको सुन्दर धमाकेदार नृत्य रहेको छ । गायक अनुराग थापा मगरले यो `माकुरी जाल बुन´ गित १ हप्तामा १ लाख बढीले हेरिएको छ । रिलिज पछी २ दिन युटुबको ट्रेन्डिङमा परेको गायक थापाले पत्रकार सम्मेलनमा जानकारि दिए । उक्त कार्यक्रममा प्रोजेक्टर मार्फत कार्यक्रममा उपस्थित भएकाहरु लाई देखाइएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँक अध्यक्ष ओमकार आचार्य, राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान तनहुँका अध्यक्ष अक्कल बिरहि गुरुङ, नेपाल आदिवासी तथा जनजाति महासंघ तनहुँका अध्यक्ष बसुन्धरा घर्ती, नेपाल मगर संघका केन्द्रिय सदस्य मन्दरी आले लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मोडल तथा मिस क्विन तनहुँ २०१७ कि फस्ट रनरअप मुना मगर, मोडल दल बहादुर थापा, मोडल सिर्जना आले, मोडल सिर्जना थापा, कोरियोग्राफर सर्जन थापा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत नेपाल मगर संघ तनहुँका सहसचिव नन्दु थापा मगरले र संचालन संघ सचिव मणिराज थापाले गरेका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल मगर संघ तनहुँका १० वटै स्थानीय तह अध्यक्षहरु लाई सम्मान गरिएको थियो । त्यस्तै आगामी कात्तिक ३० गते देखी मङ्सिर १० गते सम्म तनहुँको दमौलीमा सांस्कृतिक महोत्सव हुने नेपाल आदिवासी तथा जनजाति महासंघ तनहुँका अध्यक्ष बसुन्धरा घर्ती जानकारी दिइन ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते