तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मनहरीमा मंगलबार बिहान माइक्रोबस र बस ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्र्तगत दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र पोखराबाट सुनौली तर्फ जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस एक आपसमा ठोक्किदाँ माइक्रोबसमा यात्रारत दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।

दुर्घटनामा परी व्यास-११ घर भई हाल व्यास-१ भादगाउँ बस्दै आएकी ३४ वर्षीय सरस्वती कुवाँर र व्यास-४ की ५० वर्षीय चिजामाया श्रेष्ठको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनामा माइक्रो बसका चालक तुलबहादुर विकसहित ९ जना घाइते भएका छन् । घाइते मध्ये व्यास-२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा १ जना र मणिपाल अस्पातालमा ८ जनाको उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटना बिहान सवा ६ बजेको समयमा भएको थियो । दुर्घटनामा माइक्रोको अघिल्लो भागमा क्षति ग्रस्त पुगेको छ ।
तस्बिर : बिकास खनाल
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते