दमौलीमा रातिराति बालुवा चोरी निकासी गर्ने २० ट्याक्टर नियन्त्रणमा

दमौलीमा रातिराति बालुवा चोरी निकासी गर्ने २० ट्याक्टर नियन्त्रणमा

cn1

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले दमौलीको मादि नदीबाट रातको समयमा अवैध रुपमा बालुवा चोरी निकासी गर्ने २० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सोमबार बिहान एक बजे बालुवा लोड गर्दै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मादीनदी किनारमा अबैध तबरबाट नदिजन्य पदार्थ बालुवाको उत्खनन गर्दै गरेको भन्ने सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले रातको समयमा उक्त स्थानमा पुग्दा उल्लेखित स्थानमा रातको समय पारेर अबैद तबरबाट बालुवा उत्खनन एबं चोरी गरी २० वटा ट्याक्टरहरुमा लोडगरी ओसार पसार गर्दै गरेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन एबं चोरी कार्यमा ट्याक्टरहरुलाई सोमबार नै आवश्यक कार्वाहीको लागी व्यास नगरपालिकाको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ