शूल्क बढि लिएको भन्दै पिएनका विद्यार्थी आन्दोलित

शूल्क बढि लिएको भन्दै पिएनका विद्यार्थी आन्दोलित

pn-campus-student-e1537777568611

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराले स्नातकोत्तर तहमा शूल्क धेरै लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

क्याम्पसमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा अत्यधिक शुल्क लिएको भन्दै शुक्रबार विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई बुझाएको तर वेवास्ता गरेको भन्दै सोमबार क्याम्पसमै नाराबाजी गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले क्याम्पस प्रमुख प्राडा चन्द्रबहाादुर थापालाई कालो लुगा टालो देखाएर विरोध जनाएका थिए । विद्यार्थीहरुले क्याम्पसमा सबै संकायका शुल्क टाँसिएको बोर्डमा कालो झण्डा समेत राखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ