नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, छ किलोमिटरसम्म रु १७, आठ किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २१, तेह्र किलोमिटरसम्म रु २३, सोह्र किलोमिटरसम्म रु २५, उन्नाइस किलोमिटरसम्म रु २६ र सोभन्दा माथि रु २७ भाडा कायम भएको छ ।
विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु पेट्रोलको मूल्य रु ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ ।
यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ ।
तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ ।
यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर रु ३९ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
पर्यटक ट्याक्सीको भाडा रु ४८१ रहेकामा हाल बढाएर रु ५२९ पु¥याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ । उक्त दर पाँच किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सो भन्दा बढी भएमा रु एक हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो ।
मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा रु २० हजार ७७३, वीरगञ्ज–पोखरा रु १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा रु ४५ हजार १८९ कायम गरिएको छ ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो