पोखरामा खोरेतको प्रकोप–पशु ओसारपसार गर्न रोक

पोखरामा खोरेतको प्रकोप–पशु ओसारपसार गर्न रोक

khoret

पोखरा, असोज ७ । पोखरामा खोरेत रोगको प्रकोप देखिएको छ । विभिन्न ठाउँहरुमा खोरेत रोग देखा परेपछि महानगरले पोखराभित्र पशुबस्तु आयात र निर्यातमा रोक लगाएको छ । आईतबार सूचना जारी गरी रोगको प्रकोप निर्मुल नभएसम्म पशुबस्तु आयात निर्यात नगर्न आग्रह गरिएको हो ।

महानगरको पशु शाखा प्रमुख तथा पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले खोरेतको कारण पशुपालक किसान तथा ब्यवसायिक फार्मवालाहरुलाई पशु खरिद विक्रि पनि नगर्न आग्रह गरे । ‘यस्तो बेला बाहिरको पशु भित्र्याउन हुँदैन । यताका पनि बाहिर पठाउन मिल्दैन, उनले भने–जतिसक्दो छिटो आफ्ना गोठ र फार्महरुमा जैविक सुरक्षा अपनाउने हो ।’ खोरेतको संक्रमण नभएको ठाउँमा पनि तुरुन्तै खोरेत खोप लगाउन उनले सुझाव दिएका छन् ।

खोरेत के हो ?

खोरेत गाई, भैसी, बाख्रा, सुगुँर, बँगुर, बदेल, हात्ति लगायत खुरखुट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग हो । अन्य महामारी रोगको तुलनामा यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएपनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग धेरै जनावरलाई लाग्न सक्ने, रोग लागि निको भएका उग्राउने जनावर तथा बाहिरी बातावरणमा लामो समय रोगाणु जीवित रहन सक्ने भएकोले नियन्त्रण तथा उन्मुलन गर्न अति नै कठिन मानिन्छ ।

खोरेत रोगको विषाणु अति खतरनाक किन मानिन्छ ?

खोरेत विषाणु अति सुक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । दुषित घाँसपातमा १ महिनासम्म जीवित रहन्छ भने हड््डीसहितको फ्रोजोन मिटमा लामो समय बाँचिरहन्छ । खेरेत विषाणु भूसतहमा ६० किलोमिटर र समुन्द्री सतहमा ३०० किलोमिटर हावाको माध्यमबाट पार गर्न सक्दछ ।

छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्नसक्ने क्षमताका कारण यो रोग महामारीको रुपमा फैलिन्छ । झवाट्ट र्हेदा खोरेत रोग एकै किसिमको हुने भान परेता पनि वास्तवमा रोगको प्रकोप, महामारीको रुप र विरामी जनावरमा देखा पर्ने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds