पोखराको बागमारामा ९ घर चोरी गर्ने काठमाण्डौबाट समातियो

पोखराको बागमारामा ९ घर चोरी गर्ने काठमाण्डौबाट समातियो

bharatpokharai-chori

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका बडा नम्बर २१ बागमारामा चोरीमा संलग्नलाई प्रक्राउ गरेको छ ।

भदौ ३ गते रातको समयमा ९ बटा घर कोठा फोरी चोरी गर्नेलाई कास्की प्रहरीले काठमाडौबाट प्रक्राउ गरेको हो । घटनामा सग्लन चोरी गर्ने ब्यक्तिहरुको अनुसन्धान गर्ने क्रममा मकवानपुर ईन्द्रसरोबर गाउँ पालिका बडा नम्बर ५ घर भई हाल जिल्ला काठमाण्डौ १० गर्जुधार बस्ने बर्ष २६ को बिमल दोङ्ग लामालाई प्रक्राउ गरेको हो । लामालाई पक्राउ गरी कास्की कार्यालयमा ल्याई चोरी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

लामालाई सोधपुछ गर्दै जाँदा उक्त घटनामा उदयपुर वेलटार घर भई हाल ललितपुर बस्ने बर्ष ४५ को सागर राई संग्लन रहेको भन्ने खुल्न आएको र निज सागर राईको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ