तनहुँ । व्यास १४ केशवटार स्थित केशवटार माविमा शनिवार अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ दमौलीको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । अभिभावकलाई सचेत पार्दै शिक्षाको गुणस्तर वृद्धि सँगै बालको सर्वाङ्गिण विकासमा मदत पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम व्यास १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठको प्रमुख आतिथित्वमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै श्रेष्ठले अभिभावक सचेतना कार्यक्रमले केशवटार माविलाई उक्त क्षेत्रको नमुना विद्यालय बनाउने वडाको योजनालाई थप सघाउ पुगेको बताए । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घट्दै गइरहेको चर्चा गर्दै उनले कार्यक्रम व्यवहारिक तथा महत्वपुर्ण भएको बताए । रोटरी र विद्यालयको नाताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने श्रेष्ठको विश्वास थियो ।

त्यस्तै गरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बसुन्धरा भट्टराईले विद्यालयमा खानेपानी तथा शौचालयको समस्या समाधानमा पहल गर्न रोटरी क्लबसँग आग्रह गरिन् । सामुदायिक विद्यालयमा अभिभावकको कम चासोका कारण सोचे जस्तो प्रतिफल पाउन नसकेको उनको गुनासो थियो । विद्यालयका प्रअ दुर्गा वहादुर थापाले रोटरीको रचनात्मक सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न अभिभावक सचेतना अति आवश्यक भएको बताए । शिक्षक, विद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्ध बलियो भए मात्र विद्यालयको अपेक्षित विकास सम्भव हुने उनको भनाई थियो ।

कार्यक्रममा रोटरीका अध्यक्ष सन्तोष श्रेष्ठले रोटरीले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । रोटरी सेवालाई नै प्रमुख मन्त्र मानेर अगाडि बढेको विशुद्ध सामाजिक संस्था भएको उनको भनाइ थियो । कार्यक्रममा अभिभावक ज्योति आले, उजेली वि.क लगायतले आफ्नो धारण राखेका थिए ।
अभिभावकलाई रोटरीयन बिना कैनीले प्रशिक्षण दिएकी थिइन् । उनले बाल विकास, बाल अधिकार, बाल अधिकार, बाल संरक्षण, बाल सहभागीता, सरसफाइका सुचक, बालबालिका प्रति शिक्षक तथा अभिभावकको दायित्व लगायतको विषयमा सैदान्तिक तथा व्यवहारिक रुपमा प्रशिक्षण दिएकी थिइन् । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष महेन्द्र न्यौपानेले बाल मनोविज्ञान बुझी बालकको रुचि, चाहना अनुसार कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु देवकुमार श्रेष्ठ, वानेश्वर मल्ल, रजिनलाल श्रेष्ठ, इनरह्वील क्लबकी निवर्तमान अध्यक्ष निर्मला मल्ल, अध्यक्ष अरुणा श्रेष्ठको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा धन्यवाद ज्ञापन पुर्व अध्यक्ष देवकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन सहसचिव गिरिजा सुवेदीले गरेका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते