पोखरा । पाँच करोड रुपैयाँ लगानीमा पोखरा लेकसाइडस्थित हल्लनचोकमा ‘डान्सिङ बोट’ नामक ‘पब’ संचालनमा आएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेसँगै शुक्रबारदेखि विधिवत रुपमा ‘पब’ संचालनमा आएको हो । ‘चिल्ली बार’ पोखराको व्यवस्थापनमा संचालनमा आएको ‘पब’ बाजेदेखि नाती पुस्तासम्मकै लागि लक्षित गरि संचालनमा ल्याएको यसका संचालकहरुले बताएका छन् ।
लेकसाइडका पुराना रेस्टुरेन्ट व्यवसायीहरुले सँयुक्त रुपमा यो ‘पब’मा लगानी गरेका छन् । विश्वराज पौडेल, भीष्मराज पौडेल, वेदप्रसाद बराल, मीनराज पौडेल, दामोदर पौडेलले सँयुक्त लगानी गरेर यो ‘पब’ संचालनमा ल्याएका हुन् । पूर्णतया पारिवारीक लगानी रहेको ‘पब’मा एकैचोटी २ सय ५० जनालाई सेवा प्रवाह गर्न सकिने ‘पब’ व्यवस्थापनले जनाएको छ ।
शुक्रबार साँझ रिबन काटेर उद्घाटन गरेसँगै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरामा ‘रेस्टुरेन्ट कल्चर’ बढ्दै गएको सुनाए । उनले ‘रेस्टुरेन्ट कल्चर’ बढ्दै जाँदा यसले प्रत्यक्ष रुपमा प्रदेशको आर्थिक उन्नतीमा पनि प्रभाव पारेको बताए । साथै उनले यहाँको पर्यटकीय संभावना बढाउन नीजि क्षेत्रको लगानीले ठुलो भुमिका खेलेको प्रतिक्रिया दिए । उनले पबको सफलताको शुभकामना दिँदै अन्य व्यवसायीहरुलाई पनि लगानीको वातावरण बनाउन प्रदेश सरकारले उचित वातावरण बनाउँदै लैजाने बताए ।
शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको अवसरमा आयोजित विशेष कार्यक्रममा ‘पब’का प्रबन्ध निर्देशक समेत रहेका भीष्मराज पौडेलले गण्डकी प्रदेशलाई पर्यटकीय हब बनाउनका लागि एउटा सानो प्रयास आफुहरुले गरेको बताए । ‘हामीले अन्तराष्ट्रिय मापदण्डअनुसार यो पबलाई पोखरामा संचालनमा ल्याएका हौँ । पब पारखीहरुका लागि यो डेस्टिनेशन बन्न सक्छ ।’ ‘फुड, ड्रिंक्स एण्ड म्यूजिक’ थिममा संचालनमा आएको ‘ पब’
अपरान्ह १२ बजेदेखि राती ११ बजेसम्म खुल्ने उनले जानकारी दिए ।
तीन तलाको भवनमा रहेको ‘पब’मा दैनिक स्थानिय तथा राष्ट्रिय ब्याण्डहरुको प्रस्तुती रहने व्यवस्थापनले जानकारी दिएको छ ।
‘पब कल्चर’ सत्रौँ शताब्दीतिर ब्रिटिश र आयरल्याण्डबाट शुरु भएको मानिन्छ । ‘पब’लाई सामान्यतया मानिसहरु जमघट भई सामाजिक रुपमा घुलमिल हुने र खानपिन तथा संगीतमा झुम्दै ‘रिफ्रेश’ हुने ठाऊँको रुपमा लिईन्छ । ब्रिटिश र आयरल्याण्डबाट शुरु भएको ‘पब’ सँस्कृति अहिले विश्वव्यापी रुपमा फैलिएको छ ।
संचालनमा आएसँगै ‘पब डान्सिङ बोट’ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मुनाफाको केहि रकम फेवाताल संरक्षणका लागि खर्च गर्ने जनाएको छ । ३ महिनासम्म ‘सफ्ट ओपनिङ पिरियड’ रहने जनाएको पबमा यो अवधीमा ग्राहकहरुका लागि १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो