काठमाडौं : राष्ट्रकवि माधव घिमिरे अाइतबार १००औँ जन्मदिन मनाउँदैछन्। १००औँ जन्मदिनको अवसरमा घिमिरे काठमाडौं लैनचौरस्थित निवासमै विशेष पूजामा सहभागी भएका छन्। ‘१००औँ जन्मदिन मनाइरहँदा कस्तो अनुभव भइरहेको छ?’, थाहा खबरको प्रश्नमा उनले भने, ‘म सय वर्ष बाँचेकै जनताको आशीर्वाद र मायाले हो। सबैको मायाले झन् जवान भएको अनुभूति भइरहेको छ।’
जीवनका आरोह अवरोहमा धर्मपत्नी महाकालीले बिनास्वार्थ स्याहार सुसार गरेकीले अाफू यो अवस्थामा अाइपुगेको उनले बताए। घिमिरे लमजुङको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका जेठा छोराका रूपमा जन्मिएका थिए। राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली भोलि ८४ लाग्दैछिन्।
‘आफ्नी जीवनसंगिनीको ८४ को पूजा खाने भाग्यमानी श्रीमान् हुन पाउँदा खुशी लागेको छ’, उनले भने, ‘आफू सय वर्ष पुगेकोभन्दा श्रीमती ८४ पुगेको कुराले बढी हर्षित छु।’ ‘अब भने बुढ्यौली लागेको अनुभूति भइरहेको छ’, घिमिरेकी पत्नी महाकालीले भनिन्। राष्ट्रकविलाई शुभकामना दिन केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारी लैनचौर पुग्ने कार्यक्रम छ।
सम्बन्धित खबर
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
दुर्गा प्रसाईँ अस्पतालबाट हिरासत फिर्ता
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम